काठमाडौैं। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले टिमको प्रदर्शनबाट आफू आश्चर्यचकित भएको बताएका छन्। सिटीले गएराति प्रिमियर लिगमा आर्सनललाई १–० ले पराजित गरेपछि ग्वार्डिओलाले यस्तो बताएका हुन्।
जितसँगै सिटीले सबैखाले प्रतियोगितामा गरी अपराजित यात्रालाई १८ खेलसम्म निरन्तरता दिएको छ। सिटीले लिगमा पनि १५ डिसेम्बरपछि अंक गुमाएको छैन। लिगमा १३ खेल बाँकी हुँदा सिटीले शीर्ष स्थानमा दश अंकको स्पष्ट अग्रता लिन सफल भएको छ।
अन्य क्लबले जस्तै सिटीको पनि व्यस्त खेल तालिका थियो। खेलाडी कोभिड–१९ को महामारीबाट गुज्रिएका थिए। खेलाडी चोटबाट पनि ग्रसित भएका थिए। तर पनि सिटीले पछिल्लो समय उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ।
‘‘म आश्चर्यचकित छु। र टिमको प्रदर्शनबाट प्रभावित पनि छु। विश्वभर नै क्लबहरु समस्याबाट गुज्रिरहेका छन्। लिगमा अंक गुमाइरहेका छन्। तर हामीले पछिल्लो दुई महिना एकनाशको प्रदर्शन गरेका छौं। जुन मैले पनि सोचेको थिइनँ,’’ ग्वार्डिओलाले भने, ‘‘सबैले कीर्तिमानको कुरा गरे। तर त्यसका लागि यस्तो धेरै खेल जित्नुपर्छ।’’
सिटीको जितमा रहिम स्टर्लिङले दोस्रो मिनेटमा गरेको गोल निर्णायक बन्यो। स्टर्लिङले रियाद माहरेजको पासमा गोल गरेका थिए।
जितपछि सिटीले २५ खेलबाट ५९ अंक जोडेको छ। जुन दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा दश अंकले अगाडि हो। समान खेलबाट ३४ अंक जोडेको आर्सनल दशौं स्थानमा छ।