काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिचले अस्ट्रेलियन ओपनको उपाधि जितेका छन्। सर्बियाका जोकोभिचले मेलबर्नमा उपाधि जितेको यो नवौं पटक हो।
जोकोभिचले रूसका मेदभेदेभलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि पक्का गरेका हुन्। ३३ वर्षीय जोकोभिचले चौथो वरीयताका मेदभेदेभविरुद्ध पहिलो सेटमा संघर्ष गर्नु परे पनि बाँकी सेट सहजै जितेका थिए।
जोकोभिचले जितका लागि एक घण्टा ५३ मिनेट समय खर्चिएका थिए। सर्दियाका जोकोभिचले २५ वर्षीय मेदभेदेभलाई ७-५, ६-२, ६-२ को सेटमा पराजित गरेका हुन्।
जोकोभिचको यो १८औं ग्राण्ड स्लाम उपाधि हो। अब जोकोभिच राफेल नाडाल र रोजर फेडेररभन्दा दुई उपाधिले मात्र पछाडि छन्। नाडाल र फेडेरर दुवैले समान २० वटा ग्राण्ड स्लाम उपाधि जितेका छन्।
दोस्रो पटक ग्राण्ड स्लामको फाइनल पुगेका मेदभेदेभको पहिलो उपाधि जित्ने लक्ष्य पूरा हुन पाएन। मेदभेदेभले यसअघि २०१९ मा यूएस ओपनको फाइनल खेलेका थिए। उक्त फाइनलमा उनी स्पेनका नाडालसँग पाँच सेटमा पराजित भएका थिए।
जोकोभिच पुरूषतर्फ सबैभन्दा धेरै अस्ट्रेलियन ओपन जित्ने खेलाडी बन्न सफल भएका छन्। उनले यसअघि २००८, २०११, २०१२, २०१३, २०१५, २०१६, २०१९, २०२० मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए।
" /> काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिचले अस्ट्रेलियन ओपनको उपाधि जितेका छन्। सर्बियाका जोकोभिचले मेलबर्नमा उपाधि जितेको यो नवौं पटक हो।जोकोभिचले रूसका मेदभेदेभलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि पक्का गरेका हुन्। ३३ वर्षीय जोकोभिचले चौथो वरीयताका मेदभेदेभविरुद्ध पहिलो सेटमा संघर्ष गर्नु परे पनि बाँकी सेट सहजै जितेका थिए।

">