काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिच आइतबार अर्को एक उपाधि जित्दै अस्ट्रेलियन ओपनमा कीर्तिमान थप्न चाहन्छन्। रुसका ड्यानियल मेदभेदेभ भने सर्वियाका जोकोभिचको वर्चश्व अन्त्य गर्ने लक्ष्यमा छन्।
जोकोभिचले मेलबर्नमा आठ पटक उपाधि जितिसकेका छन्। कीर्तिमानी नवौं पटक उपाधि उचाल्दै १८औं ग्राण्ड स्लाममा जित्ने लक्ष्यमा जोकोभिच छन्। जोकोभिच राफेल नाडाल र रोजर फेडेररभन्दा तीन उपाधिले पछाडि छन्। नाडाल र फेडेरर दुवैले समान २० ग्राण्ड स्लाम उपाधि जितेका छन्।
‘‘उनी धेरै अनुभवी खेलाडी हुन्। तर हार्नको दबाब मलाई भन्दा धेरै छ,’’ चौथो वरियाताप्राप्त मेदभेदेभले भने, ‘‘मलाई धेरै दबाब छैन। किनकि यहाँको फाइनलमा जोकोभिच अहिलेसम्म पराजित भएका छैनन्। फेडरर र नाडाललाई भेट्टाउने दबाब पनि उनीसँग छ। यहाँ कहिल्यैं नहारेका कारण पनि उनी उपाधिका प्रमुख हकदार हुन्।’’
२५ वर्षे मेदभेदेभ दोस्रो पटक ग्राण्ड स्लामको फाइनलमा प्रतिस्पर्धा गर्दैछन्। यसअघि उनी २०१९ को युएस ओपन फाइनलमा स्पेनका नाडालसँग पराजित भएका थिए।
न्युयोर्कमा पाँच सेट खेलेर पराजित भएका मेदभेदेभलाई आज जोकोभिचलाई हराउँदै पहिलो ग्राण्ड स्लाम उपाधि जित्ने अवसर छ। उनले उपाधि जिते २००५ पछि ग्राण्ड स्लाम जित्ने रुसको पहिलो खेलाडी बन्नेछन्।
मेदभेदेभ अहिले करियरको उच्च लयमा छन्। उनले लगातार २० खेल जितिसकेका छन्। फाइलनमा स्थान बनाउने क्रममा मेदभेदेभले पाँचौं वरियाताका स्टेफानोस सिटसिपसलाई पराजित गरेका थिए।
१८औं ग्राण्ड स्लाम जित्ने लक्ष्यमा रहेका जोकोभिचले मास्टर चेस खेलाडी मेदभेदेभको जाल तोड्ने बताएका छन्।
‘‘आजको भिडन्तका लागि म तयार छु,’’ जोकोभिचले भने, ‘‘मेदभेदेभले उच्च स्तरको टेनिस खेलिरहेका छन्। उनलाई हराउनु छ। जिम कुरियरले उनलाई मास्टर चेस प्लेयर भनेको बोलाएको सनुेको थिए।
किनकि उनले कोर्टमा आफूलाई रणनीतिक रुपले सही स्थानमा राख्छन्। उनी एकदम चतुर टेनिस खेलाडी हुन्।’’