काठमाडौं। बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा आठ अंकको स्पष्ट अग्रता लिने मौका गुमाएको छ। साविक विजेता बायर्न गएराति इन्ट्रचट फ्रांकफर्टसँग २–१ ले पराजित भएको हो।
डैची कामादा र एमिन युनेसको गोलबाट फ्रांकफर्टले पहिलो हाफमै २–० को अग्रता लिएको थियो।
५३ औं मिनेटमा रोबर्ट लेवानडोस्कीले गरेको गोलबाट बायर्नले पुनरागमनको प्रयासको गरेको थियो। तर सफल हुन सकेन।
लेवानडोवस्कीले लोरी सानेको क्रसलाई पोष्टको दिशा दिएका हुन्। जारी लिगमा लेवानडोस्कीको यो २६औं गोल हो।
युलियन नागेल्सम्यानको आरबी लाइपजिगले आज हेर्था बर्लिनलाई पराजित गरे बायर्नसँगको दुरी दुई अंकमा छोट्याउने छ। बायर्नले २२ खेलबाट ४९ अंक जोडेको छ। २१ खेलबाट ४४ अंक जोडेको लाइपजिग दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको उल्फ्सबर्गको ४२ अंक छ ।
फ्रांकफर्ट भने ४२ अंकका साथ चौथो स्थानमा छ। फ्रांकफर्टको बुन्डेसलिगामा यो लगातार दशौं जीत हो।
बायर्नले फिफा क्लब वल्र्डकप जितेपछि घरेलु लिगमा विजय हासिल गर्न सकेको छैन। बायर्न यसअघि अर्मिनिया विलेफिल्डसँग ३–३ को बराबरीमा रोकिएको थियो।
" /> काठमाडौं। बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा आठ अंकको स्पष्ट अग्रता लिने मौका गुमाएको छ। साविक विजेता बायर्न गएराति इन्ट्रचट फ्रांकफर्टसँग २–१ ले पराजित भएको हो।डैची कामादा र एमिन युनेसको गोलबाट फ्रांकफर्टले पहिलो हाफमै २–० को अग्रता लिएको थियो।

">