काठमाडौं। दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को सबभन्दा महँगो खेलाडी बनेका छन्। आज भारतको चेन्नईमा सम्पन्न अक्सनमा मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारतीय रूपैयाँमा अनुबन्ध गरेको हो।
मोरिसलाई अनुबन्ध गर्न आईपीएलका चार टीमले चासो देखाएका थिए। अन्ततः च्यालेन्जर्स बैंगलोर, मुम्बई इन्डियन्स र किंग्स-११ पञ्जाबलाई पछि पार्दै राजस्थानले रोयल्सले मोरिसलाई अनुबन्ध गरेको हो।
मोरिसले यसअघि २०१५ को सिजन पनि राजस्थानले रोयल्सबाट खेलेका थिए। मोरिसले युवराज सिंहलाई पछि पार्दै आईपीएलको सबभन्दा महँगा खेलाडी बन्न सफल भएका छन्। युवराज २०१५ मा १६ करोडमा अनुबन्धित भएका थिए।
न्युजिल्यान्डका काइल ज्यामिन्सन दोस्रो महँगा खेलाडी बने। ज्यामिन्सनलाई रोयल च्यालेन्जर्स बैंगलोरले १५ करोड भारतीय रूपैयाँमा अनुबन्ध गरेको हो। बैंगलोरले अस्ट्रेलियाका ग्लेन म्याक्सवेललाई पनि १४ करोड २५ लाख भारतीय रूपैयाँमा अनुबन्ध गरेको छ। झी रिचर्डसनलाई पञ्जाबले १४ करोड रूपैयाँमा अुनबन्ध गर्यो।
त्यस्तै चेन्नई सुपर किंग्सले कृष्णप्पा गौथमलाई ९ करोड २५ लाख भारतीय रूपैयाँमा अनुबन्ध गर्यो। अस्ट्रेलियाका रिले मेरीडिथलाई पञ्जाबले आठ करोड रूपैयाँमा अनुबन्ध गर्यो। इङ्ल्यान्डका मोइन अलीलाई चेन्नईले सात करोडमा अनुबन्ध गर्यो।
त्यस्तै अस्ट्रेलियाका नाथन कोल्टर नेललाई मुम्बई इन्डियन्सले पाँच करोड भारतीय रूपैयाँमा अनुबन्ध गर्यो। इङ्ल्यान्डका टम कुरानलाई दिल्ली क्यापिटल्सले ५ करोड २५ लाख रूपैयाँमा अनुबन्ध गर्यो।
" /> काठमाडौं। दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को सबभन्दा महँगो खेलाडी बनेका छन्। आज भारतको चेन्नईमा सम्पन्न अक्सनमा मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारतीय रूपैयाँमा अनुबन्ध गरेको हो।मोरिसलाई अनुबन्ध गर्न आईपीएलका चार टीमले चासो देखाएका थिए। अन्ततः च्यालेन्जर्स बैंगलोर, मुम्बई इन्डियन्स र किंग्स-११ पञ्जाबलाई पछि पार्दै राजस्थानले रोयल्सले मोरिसलाई अनुबन्ध गरेको हो।

">