काठमाडौं। जापानकी नाओमी ओसाकाले पूर्वनम्बर एक सेरेना विलियम्समाथि प्रभावशाली जित निकाल्दै अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा स्थान बनाएकी छिन्।

हारसँगै कीर्तिमानी २४औं ग्राण्ड स्लामको उपाधि जित्ने अमेरिकी स्टार सेरेनाको सपना समाप्त भएको छ।

तीन पटकको ग्राण्ड स्लाम विजेता ओसाकाले सेरेनालाई ६-२, ६-४ को सोझो सेटमा पराजित गरेकी हुन्। ओसाकाले २०२० फेब्रुअरीपछि खेल हारेकी छैनन्।

तेस्रो वरीयताकी ओसाकाको यो लगातार २०औं जित हो। ओसाकाले अब उपाधिका लागि अमेरिकाकी जेनिफर ब्राडी र चेक गणतन्त्रीकी कारोलिना मुचोभाबीचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्ने छिन्।

“म एकदम अत्तालिएकी थिएँ। सुरूमा डर लागेको थियो। तर विस्तारै मैले लय समातेँ,” २३ वर्षीया ओसाकाले भनिन्, “सेरेनाविरुद्ध खेल्नु मेरो लागि सधैँ गर्वको कुरा हो। म उनको खेल हेरेर हुर्किएकी हुँ। र अहिले उनीविरुद्ध खेलिरहेको छु। यो मेरो सपना थियो।”

सेरेना अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पराजित भएको यो पहिलोपटक हो।

ओसाका र सेरेनाबीच पछिल्लोपटक २०१८ को युएस ओपन फाइनलमा प्रतिस्पर्धा भएको थियो। उक्त फाइनल ओसाकाले जितेकी थिइन्। त्यसपछि ओसाकाले थप दुई ग्राण्ड स्लामको उपाधि जितिसकेकी छिन्।

बुधबार पुरूषतर्फ दोस्रो वरीयताका राफेल नाडाल पनि अस्ट्रेलियन ओपनबाट बाहिरिएका छन्। नाडालले ग्रिसका स्टेफानो सिट्सीपसविरुद्ध २-० को अग्रता लिएर पनि ३-२ ले पराजित भएका थिए। नाडालले पहिलो दुई सेट ६-३, ६-२ ले जितेका थिए। तर बाँकी सेटमा ७-६(७/४), ६-४। ७-५ ले पराजित भएका थिए।

महिलातर्फ पनि विश्व नम्बर एक एशलेग बार्टी पनि प्रतियोगिताबाट बाहिरिसकेकी छिन्। बार्टी चेक गणतन्त्रकी कारोलिना मुचोभासँग २-१ को सेटमा पराजित भएकी हुन्।

" /> काठमाडौं। जापानकी नाओमी ओसाकाले पूर्वनम्बर एक सेरेना विलियम्समाथि प्रभावशाली जित निकाल्दै अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा स्थान बनाएकी छिन्।

हारसँगै कीर्तिमानी २४औं ग्राण्ड स्लामको उपाधि जित्ने अमेरिकी स्टार सेरेनाको सपना समाप्त भएको छ।

तीन पटकको ग्राण्ड स्लाम विजेता ओसाकाले सेरेनालाई ६-२, ६-४ को सोझो सेटमा पराजित गरेकी हुन्। ओसाकाले २०२० फेब्रुअरीपछि खेल हारेकी छैनन्।

तेस्रो वरीयताकी ओसाकाको यो लगातार २०औं जित हो। ओसाकाले अब उपाधिका लागि अमेरिकाकी जेनिफर ब्राडी र चेक गणतन्त्रीकी कारोलिना मुचोभाबीचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्ने छिन्।

“म एकदम अत्तालिएकी थिएँ। सुरूमा डर लागेको थियो। तर विस्तारै मैले लय समातेँ,” २३ वर्षीया ओसाकाले भनिन्, “सेरेनाविरुद्ध खेल्नु मेरो लागि सधैँ गर्वको कुरा हो। म उनको खेल हेरेर हुर्किएकी हुँ। र अहिले उनीविरुद्ध खेलिरहेको छु। यो मेरो सपना थियो।”

सेरेना अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पराजित भएको यो पहिलोपटक हो।

ओसाका र सेरेनाबीच पछिल्लोपटक २०१८ को युएस ओपन फाइनलमा प्रतिस्पर्धा भएको थियो। उक्त फाइनल ओसाकाले जितेकी थिइन्। त्यसपछि ओसाकाले थप दुई ग्राण्ड स्लामको उपाधि जितिसकेकी छिन्।

बुधबार पुरूषतर्फ दोस्रो वरीयताका राफेल नाडाल पनि अस्ट्रेलियन ओपनबाट बाहिरिएका छन्। नाडालले ग्रिसका स्टेफानो सिट्सीपसविरुद्ध २-० को अग्रता लिएर पनि ३-२ ले पराजित भएका थिए। नाडालले पहिलो दुई सेट ६-३, ६-२ ले जितेका थिए। तर बाँकी सेटमा ७-६(७/४), ६-४। ७-५ ले पराजित भएका थिए।

महिलातर्फ पनि विश्व नम्बर एक एशलेग बार्टी पनि प्रतियोगिताबाट बाहिरिसकेकी छिन्। बार्टी चेक गणतन्त्रकी कारोलिना मुचोभासँग २-१ को सेटमा पराजित भएकी हुन्।

"> सेरेनालाई हराउँदै ओसाका अस्ट्रेलियन ओपनको फाइनलमा: Dekhapadhi
सेरेनालाई हराउँदै ओसाका अस्ट्रेलियन ओपनको फाइनलमा

प्रतिक्रिया दिनुहोस्