काठमाडौं। च्याम्पियन्स लिगमा इर्लिङ ब्राउट हालान्डको उत्कृष्ट प्रदर्शनले निरन्तरता पाउँदा बोरुसिया डर्टमण्डले गएराति अन्तिम–१६ को पहिलो लेगमा सेभियामाथि ३–२ को विजय हासिल गरेको छ।
जर्मन बुन्डेसलिगाको क्लब डर्टमण्ड सातौं मिनेटमै १–० ले पछि परेको थियो। घरेलु टोली सेभियाका सुसोले हानेको प्रहार मैट हुमेल्सलाई लागेर गोलमा परिणत भएको थियो।
पाहुना टोली डर्टमण्डका मोहमूद दाहोदको १९औं मिनेटमा बराबरी गोल फर्काए। उनले हालान्डकै पासमा गोल गरेका थिए। २७औं मिनेटमा हालान्डले जडोन सान्चोको पासमा गरेको गोलबाट डर्टमण्डले अग्रता लियो। ४३औं मिनेटमा मार्को रेउसको पासमा हालान्डले अर्को गोल थपे।
च्याम्पियन्स लिगको १३ खेलमा हालान्डको यो १८औं गोल हो।
वैकल्पिक खेलाडी लुक डी जोङले ८४औं मिनेटमा गरेको गोलबाट स्पेनिस ला लिगाको क्लब सेभियाले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन। ओस्कर रोड्रिग्वेजको फ्रिकिकलाई डी जोङले हेडमार्फत पोष्टको दिशा दिएका हुन्।
डर्टमण्डले दोस्रो लेग ९ मार्चमा घरेलु मैदानमा खेल्नेछ।