शीर्ष स्थानको एथ्लेटिको मड्रिड बराबरीमा रोकियो
<p>काठमाडौं। स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा एथ्लेटिकोले लेभान्टेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । </p>
<p>खेलको १७ औँ मिनेटमा बार्धीले गोल गर्दैै घरेलु टोली लेभान्टेलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ३७ औं मिनेटमा लोरेन्टेले एथ्लेटिकोका लागि बराबरी गोल फर्काए । </p>
<p>बराबरीपछि शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको २२ खेलबाट ५५ अंक भएको छ । एक खेल बढी खेलेको दोस्रो स्थानको रियल मड्रिडको ४९ अंक छ ।<br />
</p>
प्रतिक्रिया दिनुहोस्
