काठमाडौं। खेलकुदको विकास गर्ने उद्धेश्यले धादिङ जिल्लास्तरीय टी-२० क्रिकेट प्रतियोगिता फागुन ७ गतेदेखि हुने भएको छ। उक्त खेल धादिङको बेनिघाट रोराङ-५ विशालटारस्थित चन्द्रोदय माविको खेल मैदानमा हुने भएको छ।
प्रजातन्त्र दिवसकोअवसरमा आयोजना हुन लागेको प्रतियोगितामा १० टिमले सहभागिता हुनेछ। कारु स्मृति प्रतिष्ठान र धादिङ पोष्ट डटकमको संयुक्त आयोजनामा हुने प्रतियोगिता फागुन १० गते सम्म हुने आयोजक समितिका सदस्य उज्वल श्रेष्ठले बताए।
प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट खेलाडीले ५/५ हजार प्राप्त गर्नेछन्।
प्रतियोगितामा बैरेनी, नौबिसे, साङकोष, सल्यानटार, विशाल ज्योति, गणेश हिमाल, गजुरी, निलकण्ठ, मलेखु र कारु मेमोरियल ट्रस्ट (बेनिघाट) टीमको सहभागिता हुने बताइएको छ।
" /> काठमाडौं। खेलकुदको विकास गर्ने उद्धेश्यले धादिङ जिल्लास्तरीय टी-२० क्रिकेट प्रतियोगिता फागुन ७ गतेदेखि हुने भएको छ। उक्त खेल धादिङको बेनिघाट रोराङ-५ विशालटारस्थित चन्द्रोदय माविको खेल मैदानमा हुने भएको छ।प्रजातन्त्र दिवसकोअवसरमा आयोजना हुन लागेको प्रतियोगितामा १० टिमले सहभागिता हुनेछ। कारु स्मृति प्रतिष्ठान र धादिङ पोष्ट डटकमको संयुक्त आयोजनामा हुने प्रतियोगिता फागुन १० गते सम्म हुने आयोजक समितिका सदस्य उज्वल श्रेष्ठले बताए।

">