काठमाडौं। उपाधि होडमा रहेको त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग १-१ को बराबरी खेलेपछि सशत्र प्रहरी बल (एपीएफ)ले राष्ट्रिय महिला लिगको उपाधि पक्का गरेको छ।
त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएपछि एपीएफले दुई खेल खेल्न बाँकी हुँदै लिगको उपाधि पक्का गरेको हो।
बराबरीपछि त्रिभुवन आर्मी क्लबले ११ खेलबाट २६ अंक जोडेको छ, जुन शीर्ष क्लब एपीएफको भन्दा चार अंकले पछाडि हो। लिगमा अब त्रिभुवन आर्मीले एक खेल मात्र खेल्न बाँकी छ। बाँकी खेल जिते पनि त्रिभुवन आर्मीको २९ अंक मात्र हुनेछ।
त्रिभुवन आर्मी क्लबले आज जितेको भए एपीएफले उपाधि पक्का गर्नका लागि अझै अर्को खेल कुर्नुपर्ने हुन्थ्यो। तर पुलिस क्लब र त्रिभुवन आर्मीले बराबरी खेलेपछि एपीएफले उपाधि पक्का गरेको हो।
एपीएफले आजै दोस्रो खेलमा विराटनगर महानगरपालिकाविरुद्ध खेल्दै छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुलिस क्लबले १७ औं मिनेटमा अमृता जैशीको गोलबाट अग्रता लिएको थियो। अमृताले कर्नरबाट आएको बललाई हेडमार्फत पोष्टको दिशा दिएकी थिइन्।
त्रिभुवन आर्मीले ५३ औं मिनेटमा बराबरी गोल फर्कायो। इन्दिरा राईको पासमा रश्मि घिसिङले पेनाल्टी क्षेत्रबाट हानेको प्रहार गोलमा परिणत भएको थियो।
बराबरीपछि एक अंक जोडेको पुलिस क्लब चौथो स्थानमा उक्लिएको छ। पुलिस क्लबले ११ खेलबाट १५ अंक जोडेको छ।
" /> काठमाडौं। उपाधि होडमा रहेको त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग १-१ को बराबरी खेलेपछि सशत्र प्रहरी बल (एपीएफ)ले राष्ट्रिय महिला लिगको उपाधि पक्का गरेको छ।त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएपछि एपीएफले दुई खेल खेल्न बाँकी हुँदै लिगको उपाधि पक्का गरेको हो।

">