काठमाडौं। विश्व नम्बर एक अशलेग बार्टी अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलबाट बाहिरिएकी छिन्। अस्ट्रेलियाकी बार्टी २५औं वरीयताप्राप्त क्यारोलिन मुचोभासँग पराजित भएकी हुन्।
चेक गणतन्त्रकी मुचोभाले बार्टीसँग पहिलो सेट गुमाएकी थिइन्। तर, बाँकी दुई सेटमा उत्कृष्ट पुनरागमन गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भइन्। पहिलो सेटमा बार्टेसँग ६-१ ले पराजित मुचोभाले बाँकी दुई ६-३, ६-२ को स्कोरमा जितेकी हुन्।
मुचोभाले अब फाइनल प्रवेशका लागि अमेरिकाकी जेनिफर ब्राडीविरुद्ध प्रतिस्पर्धा गर्ने छिन्। ब्राडीले आफ्नै देशकी जेसिका पेगुलालाई ४-६, ६-२, ६-१ को स्कोरमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी हुन्।
महिलातर्फ अर्को सेमिफाइनलमा जापानकी नाओमी ओसाकाले अमेरिकाकी सेरेना विलियम्ससँग प्रतिस्पर्धा गर्ने भएकी छिन्।
तेस्रो वरीयताप्राप्त ओसाकाले चाइनिज ताइपेईकी सु-वेई सेहलाई ६-२, ६-२ को सोझो सेटमा पराजित गरेकी हुन्। दशौं वरीयताप्राप्त सेरेनाले दोस्रो वरीयताप्राप्त सिमोना हालेपलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी हुन्। कीर्तिमानी उपाधि जित्ने लक्ष्यमा रहेकी सेरेनाले हालेपलाई ६-३, ६-३ को सेटमा हराएकी थिइन्।