घरेलु मैदानमा भोगेको फराकिलो हारले बार्सिलोनालाई कठिन

काठमाडौं। च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाले फराकिलो हार व्येहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना पेरिस सेन्ट–जर्मेन (पीएसजी) सँग ४–१ ले पराजित भएको हो ।

लियोनल मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाको यो हारसँगै अब अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ । पीएसजीको जितमा केलियन एमबाप्पेले ह्याट्रिक गरे भने मोइज केनले एक गोल गरे ।

बार्सिलोनाका लागि मेस्सीले एक गोल गरे । खेलको २७ औं मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएका थिए ।

तर पीएसजीका लागि एमबाप्पेले ३२, ६५ र ८५ औं मिनेटमा ह्याट्रिक भने मोइज केनले ७० औं मिनेटमा गोल गरेका थिए ।

च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध ह्याट्रिक गर्ने एमबाप्पे तेस्रो खेलाडी हुन् । दोस्रो लेग आगामी ११ मार्चमा पेरिसमा हुनेछ । सो खेलमा बार्सिलोनाले अघिल्लो चरणमा पुग्न पीएसजीलाई ४–० को अन्तरमा हराउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्