सिटीको जितमा जिससको ह्याट्रिक

काठमाडौं। गाब्रियल जिससको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले गएराति डाइनामो जाग्रबलाई ४-१ ले पराजित गरेको छ।

यसअघि नै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरिसकेको सिटी यो जितसँगै समूह ‘सी’मा अपराजित रह्यो।

सर्जियो अग्विरो घाइतेपछि पहिलो रोजाईमा परेका जिससले ३४औं मिनेटमा सिटीका लागि बराबरी गोल गरेका थिए।

त्यसअघि ड्यानिल ओल्मोको गोलमा जाग्रबले दश मिनेट नवित्दै अग्रता लिएको थियो।

५०औं मिनेटमा दोस्रो गोल गरेका जिससले ५४औं मिनेटमा ह्याट्रिक पूरा गरे।

सिटीका लागि खेल सकिन ६ मिनेट बाँकी छँदा फिल फोडानले अर्को गोल गरे।

‘टोलीको जितमा गोल गर्न पाउँद म धेरै खुशी छु। म यतिमै रोकिनु हुदैन। अझ धेरै गोल गर्नुछ,’ ह्याट्रिकपछि जिससले भने।

समूह ‘सी’ बाट सिटीसँगै एटलान्टा उपविजेता बन्दै अन्तिम १६मा प्रवेश गर्‍यो।

अन्तिम १६ मा स्थान बनाउन जित्नै पर्ने दबाबमा रहेको एटलान्टाले गएराति युक्रेन भ्रमणमा सनसनीपूर्ण नतिजा निकाल्यो।

युक्रेनी क्लब साख्तर डोनेस्कलाई बराबरी गरेमात्र पुग्थ्यो। तर, घरेलु मैदानमा साख्तर डोनेस्कले अंक बाड्न सकेन।

पाहुना टोली एटलान्टाले ३-० को नतिजा निकाल्दै अन्तिम १६ मा स्थान बनायो।

समूह चरणका सबै खेल सकिँदा एटलान्टाको ७ अंक थियो भने साख्तर डोनेस्कको ६ अंक थियो। जाग्रबले ५ अंक जाडेको थियो।

इटालियन क्लब एटलान्टाको जितमा टिमोथी कास्टेग्नी, मारियो पासालिक, रोबिन गोसेन्सले १/१ गोल गरे।

प्रतिक्रिया दिनुहोस्