अपराजित रहदै पिएसजी नकआउट चरणमा

काठमाडौं। च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अपराजित यात्रालाई कायमै राख्ने क्रममा गएराति गालातासारेविरुद्ध ५-० सहज नतिजा निकाल्यो।

माउरो इकार्डीको गोलबाट ३२औं मिनेटमा अग्रता लिएको पिएसजीले ३५औं मिनेटमा पाब्लो सरवियाको गोलमा अग्रता दोब्बर बनायो।

त्यसपपछि नेइमारले ४७, केलियन एमबाप्पेले ६३ र इडिसन काभानीले ८४औं मिनेटमा अर्को गोल थपेपछि फ्रेन्च लिग वान विजेता पिएसजीले सहज विजय हासिल गरेको हो।

जितसँगै समूह ‘ए’ मा अपराजित रहेको पिएसजीले शीर्ष स्थानमा रहदै अन्तिम १६ मा स्थान बनायो।

समूह ‘ए’बाट रियाल मड्रिड उपविजेता बन्दै अन्तिम १६ स्थान बनाउन सफल भयो।

६ खेलमा २ अंकमात्र जाडेको गालातासारे समूहको अन्तिममा रह्यो।

रियालले गएराति नै क्लब ब्रुगमाथि ३–१ को नतिजा निकाल्यो।

यसअघि नै अन्तिम १६ स्थान बनाइसकेको रियालको जितमा ब्राजिलका दुई युवा स्टार रोड्रिगो र भिनिसियस जुनियर तथा लुका मोड्रिचले गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्