ट्वान्टी-२० शृंखलामा भारतको कब्जा
काठमाडौं। ओपनर केएल राहुल शतकबाट ९ रनले चुकेको दिन भारतले गएराति वेस्ट इन्डजविरुद्धको तेस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट ६७ रनले जितेको छ।

राहुलले ५६ बलमा ९ चौका र ४ छक्कासहित ९१ रन बनाउँदा सेल्ड्रोन कोट्रेलको बलमा विकेटकिपर नीकोलस पूरनको हातबाट क्याच भएका थिए।

राहुलसँगै रोहित शर्माले ७१ तथा कप्तान विराट कोहलीले अविजित ७० रन बनाएपछि मुम्बईस्थित वाङ्खडे रंगशालामा टस हारेर ब्याटिङका लागि निम्याइएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो।

२४१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाएर १७३ रन मात्र जोड्न सक्यो।

पाहुना टोली वेस्ट इन्डिजका किरण पोलार्डले ६८ तथा सिमरोन हेटमेयरले ४१ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

भारतका दीपक चहर, भुवनेश्वर कुमार, मोहम्मद शामी र कुलदीप यादवले समान २-२ विकेट लिए।

यससँगै तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा भारत २-१ ले विजयी भएको छ।

भारतले पहिलो खेल ६ विकेटले जितेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ८ विकेटले विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस्