काठमाडौं। दोस्रो वरियाताप्राप्त राफेल नाडालले अस्ट्रेलियान ओपनको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका छन्। नाडालले फाबियो फोगनिनीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न चौथो चरणको खेलमा स्पेनका नाडालले इटालीका फोगनिनीलाई ६-३, ६-४, ६-२ को सेटमा पराजित गरेका हुन्।
नाडालले १६औं वरियाताप्राप्त ३३ वर्षे फोगनिनीलाई हराउन दुई घण्टा तीन मिनेट समय लगाएका थिए। ३४ वर्षे नाडालले अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा स्थान बनाएको यो १३औं पटक हो। त्यस्तै नाडालले ग्राण्डस्लाम टेनिसमा ४३औं पटक क्वार्टरफाइनलमा स्थान बनाए।
नाडालले अब अन्तिम चारका लागि माट्टेओ बेरेटिनी र स्टेफनोस सिटसिपसबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।
पुरुषतर्फ यसअघि विश्व नम्बर एक नोभाक जोकोभिच, एलेक्जेन्डर जोभेरेभ, ग्रिगोर दिभित्रोभ, अस्लान कारात्सेभ, आन्द्रे रुबलेभ र ड्यानिल मेदभ्देभले क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन्।
" /> काठमाडौं। दोस्रो वरियाताप्राप्त राफेल नाडालले अस्ट्रेलियान ओपनको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका छन्। नाडालले फाबियो फोगनिनीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न चौथो चरणको खेलमा स्पेनका नाडालले इटालीका फोगनिनीलाई ६-३, ६-४, ६-२ को सेटमा पराजित गरेका हुन्।

">