काठमाडौं। रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको वेष्ट ब्रोमसँग गए राती १–१ को बराबरीमा रोकिए पनि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई सजिलै उपाधि जित्न नदिने बताएका छन्।
बराबरीसँगै युनाइटेडले २४ खेलबाट ४६ अंक जोडेको छ। जुन शीर्ष स्थानको सिटीभन्दा सात अंकले पछाडी हो। तथापी सिटीले अझै एक खेल कम खेलेको छ।
पेप ग्वार्डिओलाको सिटीले सबै खाले प्रतियोगितामा लगातार १५ खेल जितेर कीर्तिमान कायम गरेको थियो। सिटीले अब एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल जितेमा सिटीले दश अंकको अग्रता लिनेछ।
तर युनाइटेडका प्रशिक्षक सोल्सायरले उपाधि होडमा सिटीमाथि दबाब कायम राख्ने बताएका छन्। उनी भन्छन्, ‘‘सिटी राम्रो टीम हो। उनीहरु राम्रो लयमा छन्। लेस्टर सिटी र हामी प्रतिस्पर्धामा छौं। हामीले सिटीविरुद्ध पनि खेल्न बाँकी छ। हामी सिटीलाई सजिलै उपाधि जित्न दिदैनौं।’’
वेष्ट ब्रोमविरुद्ध युनाइटेडले दोस्रो मिनेटमै गोल खाएको थियो। एमबाये डिगनेले गरेको गोलबाट घरेलु टोली वेष्ट ब्रोमले अग्रता लिएको थियो। ४४औं मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेजले बराबरी गोल फर्काए।
‘‘आजको नतिजाबाट म निराश छु। आज हामी तीन अंक लिएर शीर्ष स्थानमा रहेको क्लबलाई चुनौती पेश गर्न चाहन्थ्यौं। तर सुरुमै गोल खादाँ निराश हुनुपर्यो,’’ युनाइटेडका प्रशिक्षक सोल्सायरले भने।
युनाइटेडले इङ्लिस प्रिमियर लिगमा पछिल्लो पाँचमध्ये एक खेलमात्र जितेको छ। एक खेल हारेको युनाइटेडले बाँकी खेल बराबरी खेलेको छ।
प्रिमियर लिगको अन्य खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ४–२ ले पराजित गरेको छ। एभर्टनले भने फुलह्यामलाई २–० को नतिजा सुम्पियो।
" /> काठमाडौं। रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको वेष्ट ब्रोमसँग गए राती १–१ को बराबरीमा रोकिए पनि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई सजिलै उपाधि जित्न नदिने बताएका छन्।बराबरीसँगै युनाइटेडले २४ खेलबाट ४६ अंक जोडेको छ। जुन शीर्ष स्थानको सिटीभन्दा सात अंकले पछाडी हो। तथापी सिटीले अझै एक खेल कम खेलेको छ।

">