काठमाडौं। स्पेनिस ला लिगामा बार्सिलोनाले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एलाभेसमाथि ५–१ को जित हात पारेको हो ।
बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र माचाडो ट्रिन्काओले २–२ गोल गरे भने फिर्पोले एक गोल थपे । एलाभेसका लागि रिओजाले एक गोल फर्काएका थिए ।
खेलको २९ औं मिनेटमा माचाडोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मेस्सीले अग्रता दोब्बर पारे । ५७ औं मिनेटमा एलाभेसका लागि रिओजाले एक गोल फर्काए ।
खेलको ७४ औं मिनेटमा माचाडोले गोल गर्दै ३–१ को अग्रता बनाए भने ७५ औं मिनेटमा मेस्सीले गोल गर्दै ४–१ ले अघि बढाए । दोस्रो हाफको ८० औं मिनेटमा फिर्पाले गोल गरेपछि बार्सिलोना ५–१ ले विजयी भयो ।
जितपछि दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको २२ खेलबाट ४६ अंक भएको छ । समान खेलबाट समान ४६ अंक नै भए पनि रियाल मड्रिड तेस्रो स्थानमा छ ।
गएराति नै भएको खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिडले ग्रानाडालाई २–१ ले पराजित गरेको छ । एथ्लेटिकोको २१ खेलबाट ५४ अंक छ ।
सेभिल्लाले हुएस्कालाई १–० ले पराजित गरेको छ भने एइबर र रियल भालाडोलिडबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।