काेहलपुरमा क्रिसा रनिङ शिल्ड शुरू

बाँके। कोहलपुरमा आजबाट ११औं क्रिसा रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रतियाेगिताकाे उद्घाटन गरे।

मन्त्री बरालले नेपालको शैक्षिक विकासका लागि संस्थागत विद्यालयहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै अब विश्व परिवेशअनुसारको गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए।

कोहलपुर क्षेत्र संस्थागत विद्यालयहरूको छाता संगठन (क्रिसा)ले हरेक वर्ष रनिङ शिल्ड आयोजना गर्ने गरेकाे छ।

प्रतियोगितामा क्रिसामा आवद्ध ३३ विद्यालयले सहभागिता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्