काठमाडौं। त्रिुभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग र एपिएफका प्रिन्स दाहाल चितवनमा जारी प्रधानमन्त्री कप राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता २०७७ को राउण्ड अफ १६ मा पुगेका छन्।
रत्नजितले नवलपरासीका रोशन कुमाललाई २१–१४, २१–१२ ले तथा प्रिन्सले त्रिभुवन आर्मीका पविन लिङ्थेपलाई २१–५, २१–९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्।
रत्नजित र प्रिन्सले भोलि आ–आफ्नो खेल जिते क्वार्टरफाइनलमा एक अर्काको सामना गर्ने भएका छन्।
चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा पुरुष एकलतर्फ एपीएफका दिपेश धामी, भोजपुरका विकास श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका नविन श्रेष्ठले पनि अन्तिम १६ मा स्थान बनाएका छन्।
दिपेशले कैलालीका देवराज रानालाई २१–१६, २१–८ ले, विकासले त्रिभुवन आर्मीका आयुष्मान नागरीलाई २१–१३, २१–९ ले र नविनले एनआरएनए दुबईका साहिल चन्दलाई २१–११, २१–१० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्।
त्रिभुवन आर्मीका हिमाल चन्द, एपीएफका प्रियान्सु सिंह क्षेत्री, साईनोका अभिषेक बोस, सेनाका प्रफुल महर्जन, बाँकेको इरफान अन्सारी, सुर्खेतका नरेन्द्र बम, सेनाका दीवस शंकर, धादिङ्गका सुदीप सेढाई, सेनाका रुकेश महर्जन, एपीएफका गौतम कठायत, बुटवल ब्याडमिन्टनका सुशिल गिरीले पनि अन्तिम १६ मा स्थान बनाएका छन्।
महिला एकलतर्फ एपीएफकी जेशिका गुरुङ्गले नेपालीकी शीर्ष वरियाताप्राप्त नङ्गसलदेवी तामाङ्गलाई पराजित गर्दै क्वार्टरफाइनल स्थान बनाएकी छिन्। जेशिकाले नङ्गशलदेवीमाथि २१–१४, २१–१३ को स्कोरमा पराजित गरेकी हुन्।