काठमाडौं। पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले कीर्तिमानी विजय हासिल गर्दै एफए कपको अन्तिम आठमा स्थानमा पुग्न सफल भएको छ। सिटीले इङ्लिस फुटबल इतिहासमा नाम दर्ज गर्नेक्रममा स्वान्सी सिटीमाथि ३-१ को विजय हासिल गरेको थियो।
काइल वाल्कर, रहिम स्टर्लिङ, गाब्रियल जिससले गरेको गोलमा सिटीले सहज नतिजा निकालेको हो। स्वान्सीका लागि मोर्गान विटटेकरले गरेको गोल सान्त्वना बन्यो।
यो जितसँगै सिटीले सबैखाले प्रतियोगितामा गरी लगातार १५ खेलमा विजय हासिल गरेको छ। जुन यसअघि प्रिस्टन टीमले १८९१/९२ र आर्सनलले १९८७/८८ को सिजनमा लगातार १४ खेलमा विजय हासिल गरेका थिए।
वाल्करले ३०औैं मिनेटमा सिटीलाई अग्रता दिएका थिए। ४७औं मिनेटमा स्टर्लिङले अग्रता दोब्बर बनाए। ५०औं मिनेटमा जिससले अर्को गोल थपे। ७७औं मिनेटमा विटटेकरले गरेको गोल स्वान्सीका लागि सान्त्वना बन्यो।
" /> काठमाडौं। पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले कीर्तिमानी विजय हासिल गर्दै एफए कपको अन्तिम आठमा स्थानमा पुग्न सफल भएको छ। सिटीले इङ्लिस फुटबल इतिहासमा नाम दर्ज गर्नेक्रममा स्वान्सी सिटीमाथि ३-१ को विजय हासिल गरेको थियो।काइल वाल्कर, रहिम स्टर्लिङ, गाब्रियल जिससले गरेको गोलमा सिटीले सहज नतिजा निकालेको हो। स्वान्सीका लागि मोर्गान विटटेकरले गरेको गोल सान्त्वना बन्यो।

">