काठमाडौं। स्कट म्याकटोमिनीले थप समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले गएराति एफए कपको पाँचौं चरणमा वेष्ट ह्यामलाई १-० ले पराजित गरेको छ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल थप सयमतर्फ धकेलिएको हो। ३० मिनेट थप समयको सातौं मिनेटमा म्याकटोमीले गरेको गोल युनाइटेडको जितमा निर्णायक बन्यो। म्याकटोमीले मार्कुस राशफोर्डको पासमा गोल गरेका हुन्।
शनिबार राति प्रिमियर लिगमा अन्तिम मिनेट सम्हालिन नसक्दा युनाइटेडले एभर्टनसँग ३-३ को बराबरीमा चित्त बुझाउनुपरेको थियो।
वेष्ट ह्यामविरुद्धको जितपछि युनाइटेड प्रशिक्षक सोल्सायरले खेलाडीको मनोबलबाट आफू खुसी रहेको बताए।
‘‘हामीलाई राम्रो नतिजाको आवश्यकता थियो। एभर्टनविरुद्धको खेलपछि हाम्रो निराश थियौं। तर खेलाडीले जुन प्रदर्शन गरे त्यसबाट म खुसी छु,’’ युनाइटेडका प्रशिक्षक सोल्सायरले भने, ‘‘आजको खेल सहज थिएन। तर हामीले खेलमा केन्द्रित भएर नतिजा निकाल्यौं।’’
" /> काठमाडौं। स्कट म्याकटोमिनीले थप समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले गएराति एफए कपको पाँचौं चरणमा वेष्ट ह्यामलाई १-० ले पराजित गरेको छ।निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल थप सयमतर्फ धकेलिएको हो। ३० मिनेट थप समयको सातौं मिनेटमा म्याकटोमीले गरेको गोल युनाइटेडको जितमा निर्णायक बन्यो। म्याकटोमीले मार्कुस राशफोर्डको पासमा गोल गरेका हुन्।

">