काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्ले चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी पाँचवटा भौतिक पूर्वाधार निर्माण सम्बन्धी स्थानीय उपभोक्ता समितिसँग सम्झौता गरेको छ।
झापाको दमकमा निर्माण भइरहेको नारायण ज्योती बहुउद्देशीय कभर्डहलको कम्पाउण्ड पर्खाल लगाउने कार्यका लागि राष्ट्रिय खेलकुद परिषाद्ले १० लाख उपलब्ध गराउने भएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल र उपभोक्ता समितिका अध्यक्ष केन्द्रवहादुर प्रसाईंबीच बिराटनगरमा सम्झौता भएको छ। कम्पाउण्ड पर्खाल निर्माणमा ११ लाख २१ हजार तीन सय ६० रुपयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदान (पीच बाहेक) कटिङ गर्ने, सम्याउने, रोलिङ तथा वाटरिङ गरी सम्पूर्ण एरिया खेल्न योग्य बनाउन सदस्यसचिव सिलवाल र उपभोक्ता समितिका अध्यक्ष मो. साद कुरेसीबीच सम्झौता भएको छ।
बैजनाथपुर क्रिकेट मैदान निर्माण गर्नका लागि ११ लाख ८१ हजार उनन्चालीस रुपयाँ खर्च लाग्ने छ। सम्झौताअनुसार राष्ट्रिय खेलकुद परिषद्ले १० लाख उपलब्ध गराउने छ।
खाँदबारी खेल मैदानको पाँच स्टेप भएको १५ मिटर लम्बाइ प्याराफिट निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले १५ लाख उपलब्ध गराएको छ। यो योजनाको लागि सदस्य सचिव सिलवाल र उपभोक्ता समितिका अध्यक्ष रमेश श्रेष्ठबीच सम्झौता भएको छ ।
सिराहाको गोलबजार एकीकृत खेल मैदानमा तारजाली लगाउनका लागि राष्ट्रिय खेलकुद परिषद्ले १० लाख उपलब्ध गराउने भएको छ। एक सय असी मिटर तारजाली लगाउने योजनाको लागि सदस्य सचिव सिलवाल र समितिका अध्यक्ष राजावाबु मगरबीच सम्झौता भएको छ।
सुनसरीको वराहक्षेत्रस्थित बसन्तक्रृतु खेल मैदानमा गेट निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले १० लाख रुपयाँ उपलब्ध गराएको छ । विभिन्न साईजको सातवटा गेट निर्माणका लागि सदस्य सचिव सिलवाल र समितिका अध्यक्ष खेम उदासबीच सम्झौता भएको छ।
" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्ले चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी पाँचवटा भौतिक पूर्वाधार निर्माण सम्बन्धी स्थानीय उपभोक्ता समितिसँग सम्झौता गरेको छ।झापाको दमकमा निर्माण भइरहेको नारायण ज्योती बहुउद्देशीय कभर्डहलको कम्पाउण्ड पर्खाल लगाउने कार्यका लागि राष्ट्रिय खेलकुद परिषाद्ले १० लाख उपलब्ध गराउने भएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल र उपभोक्ता समितिका अध्यक्ष केन्द्रवहादुर प्रसाईंबीच बिराटनगरमा सम्झौता भएको छ। कम्पाउण्ड पर्खाल निर्माणमा ११ लाख २१ हजार तीन सय ६० रुपयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

">