काठमाडौं। स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिडका लागि लुइस स्वारेजको दुई गोल गरेपनि जित दिलाउन सकेनन् ।
गएराति भएको खेलमा सेल्टा डी भिगोले शीर्ष स्थानको एथ्लेटिको मड्रिडलाई २–२ को बराबरीमा रोकेको हो । खेलको १३ औं मिनेटमा नै मिना लोरेन्जले गोल गर्दै सेल्टा भिगोलाई अग्रता दिलाएका थिए ।
खेलको ४५ औं मिनेटमा एथ्लेटिकोका लागि स्वारेजले बराबरी गोल गरे । त्यसको पाँच मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
तर ८९ औं मिनेटमा फेरियराले सेल्टाका लागि बराबरी गोल गरेपछि एथ्लेटिको अंक बाँड्न बाध्य भयो । बराबरी पछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २० खेलबाट ५१ अंक भएको छ ।
" /> काठमाडौं। स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिडका लागि लुइस स्वारेजको दुई गोल गरेपनि जित दिलाउन सकेनन् ।गएराति भएको खेलमा सेल्टा डी भिगोले शीर्ष स्थानको एथ्लेटिको मड्रिडलाई २–२ को बराबरीमा रोकेको हो । खेलको १३ औं मिनेटमा नै मिना लोरेन्जले गोल गर्दै सेल्टा भिगोलाई अग्रता दिलाएका थिए ।

">