काठमाडौं। धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई कैलाली अस्पतालले मुख्य प्रयोजन गर्ने भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्चको कैलाली समन्वय शाखाले चैत ६ गते आयोजना गर्ने सुदूरपश्चिम स्पोर्टस अवार्डको लागि कैलाली अस्पतालले सोमबार मुख्य प्रायोजनको लागि सम्झौता गरेको हो।
सम्झौतापत्रमा कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी र मञ्चको कैलाली समन्वय शाखाको तर्फबाट अध्यक्ष सीताराम ओझाले हस्ताक्षर गरेका थिए। यससँगै अवार्डको नाम कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्ड हुने भएको छ।
“कोभिड-१९ महामारीको अवस्थामा पनि मुख्य प्रायोजकको साथले हौसिएका छौं,” मञ्चको कैलाली समन्वय शाखाका अध्यक्ष सीताराम ओझाले भने, “यो साथ आउने बर्षहरूमा पनि निरन्तरता पाउने विश्वास गरेका छौं।”
२०७६ भर खेलाडीले गरेको प्रदर्शनका आधारमा वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडीलाई सम्मान गरिनेछ। त्यस्तै उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टीम तथा खेलकुदमा विशेष योगदान गर्नेलाई विशेष अवार्डबाट सम्मान गरिनेछ।
पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिनेछ। त्यस्तै समर्थकको मतका आधारमा प्रदान गरिने पिपल्स च्वाइस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई सम्मानित गरिनेछ।
अवार्डमा मुख्य प्रायोजक बनेको कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले अवार्डमा जोडिन पाउँदा खुशी लागेको बताए। “कोरोना कहरमा पनि अवार्डले निरन्तरता पाउनु निकै खुसीको खबर हो। यो अवार्डलाई सुदूरपश्चिममा एक पर्वको रूपमा आयोजना गर्न आवश्यक छ,” अध्यक्ष जोशीले भने।
अवार्डमा उत्कृष्ट पुरुष र महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। उत्कृष्ट युवा खेलाडी, विशेष अवार्ड र लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताले २५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। त्यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विद्याका विजेताले २० हजार रुपैयाँ नगद पाउनेछन्।
" /> काठमाडौं। धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई कैलाली अस्पतालले मुख्य प्रयोजन गर्ने भएको छ।नेपाल खेलकुद पत्रकार मञ्चको कैलाली समन्वय शाखाले चैत ६ गते आयोजना गर्ने सुदूरपश्चिम स्पोर्टस अवार्डको लागि कैलाली अस्पतालले सोमबार मुख्य प्रायोजनको लागि सम्झौता गरेको हो।

">