सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा एपीएफले आज राष्ट्रिय महिला लिगमा उदयपुरको चौदण्डीगढीलाई १४–० ले पराजित गरेको छ। एपीएफको फराकिलो जितमा सावित्रा एक्लैले आठ गोल गरिन्।
• जारी लिगमा एपीएफ शतप्रतिशत नतिजा निकाल्ने एक्लो टिम हो। एपीएफको यो सातौं जित हो। एपीएफले ७ खेलमा २१ अंक जोडेको छ।

एपीएफको फराकिलो जितमा सावित्राको आठ गोल
काठमाडौं। सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा एपीएफले आज राष्ट्रिय महिला लिगमा उदयपुरको चौदण्डीगढीलाई १४–० ले पराजित गरेको छ।

एपीएफको फराकिलो जितमा सावित्रा एक्लैले आठ गोल गरिन्। चौथो मिनेटमा सावित्राले गरेको गोलबाट एपीएफले अग्रता लिएको थियो।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा १८औ मिनेटमा अग्रता दोब्बर बनाएकी सावित्राले ३६औं मिनेटमा ह्याट्रिक गरिन्।

खेलको ४३औं मिनेटमा व्यक्तिगत चौथो र ५३औं मिनेटमा पाँचौं गोल गरेकी सावित्राले ५६औं मिनेट दोहोरो ह्याट्रिक गरिन्। सावित्राले ७२ र ८७औं मिनेटमा थप  गोल गरिन् ।

सावित्रा बाहेक अनिता केसी र अनिता बस्नेतले समान दुई गोल गरे। कप्तान अनु लामा र रविना गोलेले पनि एक–एक गोल थपे। अनिता केसीले २४ र, ४०औं मिनेटमा गोल गरेकी थिइन्।

अनिता बस्नेतले ४६ र ६४औं मिनेट गोल गरेकी थिइन्। अनु लामाले ७५औं मिनेटमा गोल गरेकी थिइन् भने रविना गोलेले ७९औं मिनेटमा गोल गरेकी थिइन्।

जारी लिगमा एपीएफ शतप्रतिशत नतिजा निकाल्ने एक्लो टिम हो। एपीएफको यो सातौं जित हो। एपीएफले ७ खेलमा २१ अंक जोडेको छ।

पहिलो चरणमा एपीएफले चौदण्डीगढीलाई २२–० ले पराजित गरेको थियो। चौदण्डीको यो लगातार आठाैं हार हो। लिगको पुछारमा रहेको चौदण्डीगढी अंकबिहीन छ।

प्रतिक्रिया दिनुहोस्