काठमाडौं। नेपाली फुटबल टिमका फरवार्ड अभिषेक रिजाल भारतको आई लिगमा अब आइजोल फुटबल क्लबबाट बाँकी सिजन खेल्ने भएका छन्।
अभिषेकले बाँकी सिजनका लागि आइजोलसँग आबद्ध भएको आज सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन्।
उनले लेखेका छन्, “आगामी यात्राको रूपमा बाँकी सिजन भारतीय आई लिग क्लब आइजोल एफसीसँग आबद्ध भएको यहाँहरूलाई जानकारी गराउन चाहन्छु। बाँकी सिजनमा अझै मेहनत गर्दै आफ्नोतर्फबाट क्लबलाई शतप्रतिशत दिदै राम्रो नतिजाका लागि सहयोग गर्छु।”
अभिषेक यसअघि कोलकाताको मोहमेदान स्पोर्टिङ क्लबबाट आईलिग खेलेका थिए। जारी सिजन अभिषेकको क्लब आइजोल एफसी आई लिगको पाँचौं स्थानमा क्लब आइजोल एफसी आई लिगको पाँचौं स्थानमा छ।
आइजोलले पाँच खेलबाट आठ अंक जोडेको छ। जुन शीर्ष क्लब चर्लिल ब्रोदर्स एफसी गोवाको भन्दा चार अंकले पछाडि हो। तथापि, आइजोलले एक खेल कम खेलेको छ।
" /> काठमाडौं। नेपाली फुटबल टिमका फरवार्ड अभिषेक रिजाल भारतको आई लिगमा अब आइजोल फुटबल क्लबबाट बाँकी सिजन खेल्ने भएका छन्।अभिषेकले बाँकी सिजनका लागि आइजोलसँग आबद्ध भएको आज सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन्।

">