काठमाडौं। नयाँ प्रशिक्षक थोमस टुचेलको अपराजित यात्रा कायम रहँदा चेल्सीले गएराति सेफिल्ड युनाइटेडलाई २-१ ले पराजित गरेको छ।
जितपछि चेल्सीले इङ्लिस प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिएको छ।
गत महिना फ्रांक लामपार्डलाई बर्खास्त गरेपछि टुचेलले चेल्सीको प्रशिक्षण सम्हालेका थिए। टुचेलको प्रशिक्षणमा चेल्सी चार खेलसम्म अपराजित छ। जर्मन प्रशिक्षक टुचेलको प्रशिक्षणमा चेल्सीले पहिलो खेल बराबरी खेलेको थियो भने बाँकी तीन खेलमा विजय हासिल गरेको छ।
चेल्सीले मासन माउन्टको गोलबाट ४३औं मिनेटमा अग्रता लिएको थियो। ५४औं मिनेटमा चेल्सीका रक्षक एन्टोनियो रुडिगरले गरेको आत्मघाती गोलमा सेफिल्ड युनाइटेडले बराबरी गर्यो। टुचेलले प्रशिक्षणमा चेल्सी गोल खाएको यो पहिलोपटक हो।
५८औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा गोल गरेपछि चेल्सीले तीन अंक पक्का गर्यो।
जितपछि चेल्सीले २३ खेलबाट ३९ अंक जोडेको छ। जुन चौथो स्थानको लिभरपुलभन्दा एक अंकले पछाडि हो। सेफिल्ड युनाइटेड भने ११ अंकका साथ लिगको पुछारमा छ।
" /> काठमाडौं। नयाँ प्रशिक्षक थोमस टुचेलको अपराजित यात्रा कायम रहँदा चेल्सीले गएराति सेफिल्ड युनाइटेडलाई २-१ ले पराजित गरेको छ।जितपछि चेल्सीले इङ्लिस प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिएको छ।

">