काठमाडौं। ज्लाटन इब्राहिमोभिचले क्लब करिअरमा पाँच सय गोल गरेको दिन एसी मिलानले क्रोटोनीलाई ४-० ले पराजित गरेको छ। जितपछि मिलान इटालियन सिरीको शीर्ष स्थानमा उक्लिएको छ।
स्वीडेनका ३९ वर्षीय फरवार्ड इब्राहिमोभिचले ३० औं मिनेटमा राफायल लिओको पासमा गोल गर्दै पाँच सयौं गोल गरेका थिए। ६४औं मिनेटमा अर्को गोल थप्दै इब्राहिमोभिचले कोशेढुंगा पार गरेका थिए। जारी सिजन लिगमा उनको यो १४औं गोल हो। इब्राहिमोभिचले २१ वर्षअघि स्विडेनको क्लब माल्मोका करिअरको पहिलो गोल गरेका थिए।
त्यसपछि एन्टे रेबिकले ६९औं मिनेटमा तेस्रो गोल थपे। त्यसको एक मिनेट बित्न नपाउँदै रेबिकले व्यक्तिगत दोस्रो गोल गरेपछि मिलानले ४-० को सहज विजय हासिल गर्यो।
जितसँगै मिलानले २१ खेलबाट ४९ अंक जोडेको छ। जुन इन्टर मिलानको भन्दा दुई अंक बढी हो। मिलानको खेलअघि इन्टर ४७ अंकका साथ शीर्ष स्थानमा थियो। २१ खेलबाट १२ अंक जोडेको क्रोटोनी पुछारमा छ।
सिरी ‘ए’ को अर्को खेलमा लाजियोले काग्लिएरीलाई १-० ले पराजित गर्यो। जितसँगै ४० अंक जोडेको लाजियो पाँचौं स्थानमा उक्लिएको छ। जुन चौथो स्थानको एएस रोमासँग अंक बराबरी हो। तेस्रो स्थानको युभेन्टसले ४२ अंक जोडेको छ।
" /> काठमाडौं। ज्लाटन इब्राहिमोभिचले क्लब करिअरमा पाँच सय गोल गरेको दिन एसी मिलानले क्रोटोनीलाई ४-० ले पराजित गरेको छ। जितपछि मिलान इटालियन सिरीको शीर्ष स्थानमा उक्लिएको छ।स्वीडेनका ३९ वर्षीय फरवार्ड इब्राहिमोभिचले ३० औं मिनेटमा राफायल लिओको पासमा गोल गर्दै पाँच सयौं गोल गरेका थिए। ६४औं मिनेटमा अर्को गोल थप्दै इब्राहिमोभिचले कोशेढुंगा पार गरेका थिए। जारी सिजन लिगमा उनको यो १४औं गोल हो। इब्राहिमोभिचले २१ वर्षअघि स्विडेनको क्लब माल्मोका करिअरको पहिलो गोल गरेका थिए।

">