काठमाडौं। लियोनल मेसीले बेञ्चबाट गएर मैदान छिरेको तीन मिनेट बित्न नपाउँदै गोल गरेको दिन बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै रियाल बेटिसलाई ३-२ ले पराजित गरेको छ।
जितसँगै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ।
बोर्जा इग्लेसियासले गरेको गोलबाट घरेलु टिम रियाल बेटिसले ३८औं मिनेटमा अग्रता लिएको थियो। पाहुना टोली बार्सिलोनका प्रशिक्षक रोनाल्ड कोम्यानले ५७औं मिनेटमा दुई खेलाडी परिवर्तन गरे। रिकार्ड पुजको स्थानमा मेसी र मिरालेम पिजानिकको स्थानमा ट्रिनकाओलाई मौदान छिराए।
मेसीले मैदान छिरेको तीन मिनेट बित्न नपाउँदै औसमाने डेम्बेलेको पासमा बराबरी गोल फर्काए। ६८औं मिनेटमा भिक्टर रुइजले गरेको आत्मघाती गोलबाट बार्सिलोना अग्रता लियो। ७५औं मिनेटमा रुइजले बराबरी गोल फर्र्काए।
खेल सकिन तीन मिनेट बाँकी हुँदा ट्रिनकाओले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो। जितसँगै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले २१ खेलबाट ४३ अंक जोडेको छ। जितपछि बार्सिलोना दुई स्थान माथि उक्लिएको हो।
बार्सिलोना र रियाल मड्रिडको समान ४३ अंक भए पनि गोलअन्तरमा बार्सिलोना अगाडि छ। १९ खेलबाट ५० अंक जोडेको एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ।
" /> काठमाडौं। लियोनल मेसीले बेञ्चबाट गएर मैदान छिरेको तीन मिनेट बित्न नपाउँदै गोल गरेको दिन बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै रियाल बेटिसलाई ३-२ ले पराजित गरेको छ।जितसँगै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ।

">