काठमाडौं। मिडफिल्डर फिल फोडानको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर सिटीले गएराति साविक विजेता लिभरपुललाई ४-१ ले पराजित गरेको छ। जितपछि सिटीले लिभरपुललाई १० अंकले पछाडि पारेको छ।
सिटीले लिभरपुलको घरेलु मैदान एनफिल्डमा २००३ पछि पहिलो पटक विजय हासिल गरेको हो। पेप ग्वार्डिओलाको भने प्रशिक्षकका रूपमा पहिलो जित हो। पहिलो हाफमा इल्के गुन्डोगनले पेनाल्टीमा गोल गर्ने अवसर खेर फाले पनि सिटीले सहज विजय हासिल गर्यो।
३७औं मिनेटमा फाबियानोले रहिम स्टर्लिङलाई फाउल गरेपछि सिटीले पेनाल्टी अवसर पाएको थियो। गुन्डोगनको पेनाल्टी प्रहार अकासिएको थियो। तर, दोस्रो हाफको चौथो मिनेटमै सिटीले गुन्डोगनको गोलबाट अग्रता लियो। फोडानले हानेको प्रहार एलिसानले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई गुन्डोगनले पोस्टको दिशा दिएका थिए।
६३औं मिनेटमा मोहम्मद सालाहले बराबरी गोल फर्काए। सिटीका रक्षक रुबेन डियाजले सालाहलाई फाउल गरेपछि लिभरपुलले पेनाल्टी अवसर पाएको थियो। जसलाई सलाहले कुनै गल्ती नगरी गोलमा परिणत गरे।
त्यसपछि लिभरपुलका गोलकिपर एलिसानको लगातार दुई पटक खराब निर्णय गरे। त्यसको फाइदा उठाउँदै फोडानले बनाइदिएको गोलको अवसरलाई गुन्डोगनले सदुपयोग गरे। त्यसको तीन मिनेट बित्न नपाउँदै बर्नान्डो सिल्भाको पासमा स्टर्लिङले अर्को गोल थपे। खेल सकिन सात मिनेट बाँकी हुँदा फिल फोडानले अर्को गोल थपेपछि सिटीले सहज विजय हासिल गर्यो।
जितसँगै सिटीले २२ खेलबाट ५० अंक जोडेको छ। जुन दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा पाँच अंकले माथि हो। तर सिटीले अझै एक खेल कम खेलेको छ। लिभरपुल भने ४० अंकका साथ चौथो स्थानमा छ। लिभरपुलले २३ खेल खेलेको छ।
" /> काठमाडौं। मिडफिल्डर फिल फोडानको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर सिटीले गएराति साविक विजेता लिभरपुललाई ४-१ ले पराजित गरेको छ। जितपछि सिटीले लिभरपुललाई १० अंकले पछाडि पारेको छ।सिटीले लिभरपुलको घरेलु मैदान एनफिल्डमा २००३ पछि पहिलो पटक विजय हासिल गरेको हो। पेप ग्वार्डिओलाको भने प्रशिक्षकका रूपमा पहिलो जित हो। पहिलो हाफमा इल्के गुन्डोगनले पेनाल्टीमा गोल गर्ने अवसर खेर फाले पनि सिटीले सहज विजय हासिल गर्यो।

">