काठमाडौं। अन्तिम मिनेटमा सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा अंक बाँड्न बाध्य भएको छ। युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा एभर्टनसँग ३-३ को बराबरी खेलेको हो।
ओले गनर सोल्सायरको युनाइटेडले दुई पटक अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन। २४औं मिनेटमा इडिसन काभानीले गरेको गोलबाट युनाइटेडले अग्रता लिएको थियो। ४५औं मिनेटमा ब्रुनो फर्नान्डेजले युनाइटेडको अग्रता दोब्बर बनाए।
४९औं मिनेटमा पाहुना टोली एभर्टनका अब्दोलाए डकौरेले गोलअन्तर घटाए। हामेस रोड्रिग्वेजले ५२औं मिनेटमा बराबरी गोल फर्काए। ७०औं मिनेटमा स्कट म्याक्टोमिनीले गरेको गोलबाट युनाइटेडले पुनः अग्रता लियो।
पाँच मिनेट इन्जुरी समयको अन्तिम मिनेटमा डोमिनिक कालभर्ट लेविनले बराबरी गोल फर्काएपछि युनाइटेडले बराबरीमा चित्त बुझाउन बाध्य भयो। युनाइटेडले पछिल्लो चारमध्ये तीन खेलमा अंक गुमाएको छ।
बराबरीमा रोकिएपछि युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गर्ने मौका गुमायो। २३ खेलबाट ४५ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको सिटीभन्दा दुई अंकले पछाडि हो। सिटीले २१ खेलबाट ४७ अंक जोडेको छ।
२१ खेलबाट ३७ अंक जोडेको एभर्टन भने छैटौं स्थानमा छ।
" /> काठमाडौं। अन्तिम मिनेटमा सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा अंक बाँड्न बाध्य भएको छ। युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा एभर्टनसँग ३-३ को बराबरी खेलेको हो।ओले गनर सोल्सायरको युनाइटेडले दुई पटक अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन। २४औं मिनेटमा इडिसन काभानीले गरेको गोलबाट युनाइटेडले अग्रता लिएको थियो। ४५औं मिनेटमा ब्रुनो फर्नान्डेजले युनाइटेडको अग्रता दोब्बर बनाए।

">