निकोलो बरेला र इभान पेरिसिचको गोलमा इन्टर मिलानले गएराति फियोरेन्टिनामाथि २–० को विजय हासिल गरेको छ। जितसँगै इन्टर इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।  ">
एसी मिलानलाई पछि पार्दै इन्टर मिलान शीर्ष स्थानमा
काठमाडौं। निकोलो बरेला र इभान पेरिसिचको गोलमा इन्टर मिलानले गएराति फियोरेन्टिनामाथि २–० को विजय हासिल गरेको छ। जितसँगै इन्टर इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।

मिडफिल्डर बारेलाले ३१औं मिनेटमा गरेको गोलबाट इन्टरले अग्रता लिएको थियो। बरेलाले एलेक्सिस सान्चेजको पासमा गोल गरेका हुन्। ५२औं मिनेटमा आच्रफ हाकिमीको पासमा पेरिसिसले अग्रता दोब्बर बनाए। त्यही दुई गोल इन्टरको जितमा पर्याप्त भयो।

जितपछि इन्टरले २१ खेलबाट ४७ अंक जोडेको छ। यससँगै इन्टरले शहरी प्रतिद्वन्द्वी एसी मिलानलाई पछि पार्दै सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको हो।

एक खेल कम खेलेको मिलानले आइतबार घरेलु मैदानमा क्रोटोनीविरुद्ध खेल्दैछ। उक्त खेलमा मिलान विजयी पुनः शीर्ष स्थानमा उक्लनेछ।

प्रतिक्रिया दिनुहोस्