काठमाडौं। टोटनह्यामका मुख्य प्रशिक्षक जोजे माउरिन्होले पूर्व क्लब चेल्सीसँग घरेलु मैदानमा पराजित भएपछि रेफ्री आन्द्रे मारिनरको आलेचना गरेका छन्।
नयाँ प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा अपराजित यात्रालाई निरन्तरता दिने क्रममा चेल्सीले गएराति टोटनह्यामलाई १–० ले पराजित गरेको हो। जितपछि चेल्सी शीर्ष ६ भित्र पर्न सफल भएको छ।
पहिलो हाफमा जर्जिन्होले पेनाल्टीमा गरेको गोल चेल्सीको जितलाई पर्याप्त बन्यो। इरिक डायरले टिमो वेर्नरलाई फाउल गरेपछि चेल्सीले पेनाल्टी अवसर पाएको हो। तर टोटेनह्यामका प्रशिक्षक माउरिन्हो रेफ्रीको निर्णयमा असन्तुष्ट थिए। उनले मैदानबाट निस्किएपछि पनि रेफ्रीसँग कुरा गरेका थिए।
‘‘म उनलाई प्रिमियरकै उत्कृष्ट प्रशिक्षकमध्ये एक मान्दछु। म उनको ख्याल राख्छु र ठूलो प्रसंशक पनि हुँ। त्यसकारण पनि उनले यस्तो निर्णय दिँदा मलाई नराम्रो लाग्छ,’’ माउरिन्होले भने, ‘‘पेनाल्टी अवसरमा उनीहरुले गोल गरे। त्यही गोल आज निर्णायक बन्यो। तर त्यो पेनाल्टी थिएन। उनीहरुले खरतनाक मुभ बनाएका थिएनन्। त्यसैले त्यो पेनाल्टी थियो भनेर स्विकार गर्न गाह्रो हुन्छ। त्यस्तो निर्णयले खेल हार्दा पीडा हुन्छ।’’
टुचेलको प्रशिक्षणमा चेल्सीले एक बराबरी र दुई खेल जितेको छ। फ्रांक लामपार्ड बर्खास्त भएपछि चेल्सीले गोल खाएको छैन। जितपछि टुचेलले भने, ‘‘पहिलो हामीले खेल नियन्त्रणमा राख्यौं। तर दोस्रो हाफमा मनोबल घटेको हुनसक्छ, हाम्रो बल पोसेसन राम्रो भएन। तर यो ठूलो जित हो र अवे खेलमा तीन अंक लिन पाउँदा म खुशी छु।’’
चेल्सीले २२ खेलबाट ३६ अंक जोडेको छ। जुन चौथो स्थानको लिभरपुलभन्दा चार अंकले पछाडि हो। २१ खेलबाट ३३ अंक जोडेको टोटेनह्याम भने आठौं स्थानमा छ।