काठमाडौं। नेपाल क्रिकट संघ (क्यान)ले मार्चमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टुका लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
ओमानमा हुने अमेरिका र नेपाल सम्मिलित एकदिवसीय शृङ्खलाका लागि नयाँ प्रशिक्षक डेभ वाटमोर र खेलाडी छनोट समितीको समन्वयमा क्यानले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।
क्यानले माघ २४ गतेबाट हुने बन्द प्रशिक्षणमा २१ सहभागी हुने जनाएको छ।
शरद भेषावकर, अबिनास बोहोरा, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, बिनोद भण्डारी, पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल भने दोस्रो चरणको बन्द प्रशिक्षणमा सामेल हुने क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए। उनले पहिको चरणको बन्द प्रशिक्षण लगभग एक साताको हुने बताए।
बन्द प्रशिक्षणमा अर्जुन कुमाल, अनुज चनारा, विवेक यादव र खड्गबहादुर बोहोरा पहिलोपटक परेका हुन्। त्यस्तै सौरभ खनाल, पृथु बास्कोटा, रामनरेश गिरी र कृष्ण कार्कीले लामो समयपछि टीममा फर्किएका छन्। यी खेलाडीले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रीकेट प्रतियोगितामा राम्रो प्रदर्शन गरेका थिए। पृथु झण्डै तीन बर्षपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका हुन्।
क्यानले पहिलो चरणको बन्द प्रशिक्षणमा बोलाइएको खेलाडीहरूमा पृथु बास्कोटा, सौरभ खनाल, बिक्रम सोब, राजेश पुलामीमगर, रोहितकुमार पौडेल, सुशन भारी, शाहब आलम, सन्दीप जोरा, कमलसिंह ऐरी, आसिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, ललितनारायण राजवंशी, हरिशंकर शाह, विवेक यादव, रामनरेश गिरि, अर्जुन कुमाल, कृष्ण कार्की, खडगबहादुर बोहोरा र अनुज चुनारा रहेका छन्।
अनुभवी लेग स्पिनर वसन्त रेग्मीलाई भने टिममा बोलाएको छैन। रेग्मी प्रधानमन्त्री कपमा घाइते भएका थिए।
" /> काठमाडौं। नेपाल क्रिकट संघ (क्यान)ले मार्चमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टुका लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।ओमानमा हुने अमेरिका र नेपाल सम्मिलित एकदिवसीय शृङ्खलाका लागि नयाँ प्रशिक्षक डेभ वाटमोर र खेलाडी छनोट समितीको समन्वयमा क्यानले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।

">