काठमाडौं। मेहेदी हसन मिराजले शतक बनाएपछि वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा बंगलादेश बलियो स्थितिमा पुगेको छ। दोस्रो दिन सकिँदा बंगलादेश ३५५ रनले अगाडि छ।
छट्टोग्रामस्थित जहुर अहमद चौधरी रंगशालामा दोस्रो दिन सकिँदा वेष्ट इन्जिड ७५/२ को स्थितिमा छ। बंगलादेशले पहिलो इनिङमा ४३० रन बनाएको थियो।
बंगलादेशले २४२/५ को स्थितिबाट दोस्रो दिनको सुरुआत गरेको थियो। बंगलादेशका शाकीब अल हसन ३९ र लिटोन दास ३४ बनाएर क्रिजमा थिए।
शाकीबले ६८ रन जोड्दा लिटोन दासले ३८ रन बनाए। दुई जनाले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे। लिटोन आउट भएपछि शाकीबले सातौं विकेटका लागि मेहेदी हसनसँग ६७ रनको साझेदारी गरे।
त्यसपछि मेहदी हसनले तैजुल इस्लामसँग आठौं विकेटका लागि ४४ रनको साझेदारी गरे। तैजुल १८ रन बनाएर आउट भए। त्यसपछि मेहदी हसनले नायीम हसनसँग नवौं विकेटका लागि ५९ रनको साझेदारी गरे। नायीमले २४ रन बनाए। मेहेदी हसनले १०३ रन बनाए।
वेष्ट इन्डिजका जोमेल वारिकनले चार विकेट लिए। रहकीम कर्नवालले दुई विकेट लिँदा केमर रोच, शानोन गाब्रियल र एनक्रुम बोनरको नाममा एक एक विकेट रह्यो।
दोस्रो दिन सकिँदा वेष्ट इन्डिजका क्रायक ब्राथह्वाइट ४९ रनमा अविजित छन्। बोनर १७ रनमा अविजित छन्। बंगलादेशका मुस्तफिजुर रहमानले दुई विकेट लिए।
" /> काठमाडौं। मेहेदी हसन मिराजले शतक बनाएपछि वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा बंगलादेश बलियो स्थितिमा पुगेको छ। दोस्रो दिन सकिँदा बंगलादेश ३५५ रनले अगाडि छ।छट्टोग्रामस्थित जहुर अहमद चौधरी रंगशालामा दोस्रो दिन सकिँदा वेष्ट इन्जिड ७५/२ को स्थितिमा छ। बंगलादेशले पहिलो इनिङमा ४३० रन बनाएको थियो।

">