काठमाडौं। विभागीय क्लब नेपाल पुलिस क्लब आज महिला राष्ट्रिय फुटबल लिगमा विराटनगर महानगरपालिकासँग १–० ले पराजित भएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा पार्वती घलेले दशौं मिनेटमा गरेको गोल विराटनगरको जितमा निर्णायक बन्यो।
जितसँगै विराटनगर लिगको तेस्रो स्थानमा उक्लिएको छ। विराटनगरले ६ खेलबाट १० अंक जोडेको छ। जुन शीर्ष स्थानको एपीएफभन्दा आठ अंक र दोस्रो स्थानको त्रिभुवन आर्मीभन्दा तीन अंकले पछाडि हो।
समान ६ खेलबाट आठ अंक जोडेको नेपाल पुलिस क्लब चौथो स्थानमा झरेको छ। नेपाल पुलिस र वालिङको समान आठ अंक भए पनि गोलअन्तरमा नेपाल पुलिस अगाडि रहेको हो।
" /> काठमाडौं। विभागीय क्लब नेपाल पुलिस क्लब आज महिला राष्ट्रिय फुटबल लिगमा विराटनगर महानगरपालिकासँग १–० ले पराजित भएको छ।ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा पार्वती घलेले दशौं मिनेटमा गरेको गोल विराटनगरको जितमा निर्णायक बन्यो।

">