काठमाडौं। सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १५ औं संस्करण फागुन १ गते हुने भएको छ।
आयोजक भूतपूर्व खेलाडी मञ्चले वर्षबाट महिलालाई सहभागिता गराउनका लागि २१ किलोमिटरको हाफ म्याराथनसमेत समावेश गरिएको जनाएको छ।
कोभिड-१९ महामारीका कारण फागुन १ गते पुरुष म्याराथन र महिलाको हाफ म्याराथन मात्र हुने मञ्चका अध्यक्ष तेज गुरुङले बताए। गुरुङले महिला र पुरुषको ह्विलचियर दौड र दृष्टिविहीन महिला र पुरुष दौड फागुन २२ गते हुने बताए। १० किलोमिटर महिला र पुरुषको चैत १४ गते र पाँच किलोमिटर छात्र र छात्राको दौड बैशाख ४ गते हुने गुरुङले बताए।
यसअघि ‘रन अफ फन’सहित सबै स्पर्धाको दौड एकै दिन आयोजना गरिँदै आएको थियो। तर यस वर्ष कोभिड-१९ का कारण विभिन्न स्पर्धालाई फरक-फरक मितिमा आयोजना गरिएको हो।
प्रतियोगितामा पुरुष म्याराथनमा १५० धावक र महिलातर्फ ५० धावकभन्दा धेरैको सहभागिता रहने आयोजकले जनाएका छन्। दौडमा विदेशी धावकको पनि सहभागिता हुने अध्यक्ष गुरुङले बताए।
प्रतियोगितामा पुरुष म्याराथनको विजेताले दुई लाख, दोस्रो हुनेले एक लाख र तेस्रो हुनेले ७५ हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन्। सान्त्वना पुरस्कार २५ हजार रूपैयाँ रहेको छ।
महिला हाफ म्याराथनको विजेजाले एक लाख रूपैयाँ नगद पुरस्कार जित्नेछन्। दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना पुरस्कार १५ हजार रूपैयाँ रहेको छ।
ह्विलचियर महिला÷पुरुषतर्फ विजेताले सात हजार, दोस्रो हुनेले पाँच हजार र तेस्रो हुनेले तीन हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्।
पाँच किलोमिटर छात्र÷छात्रातर्फको विजेताले १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुनेले चार हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन्।
म्याराथन पोखरा रंगशालाबाट शुरु भई महानगरपालिकाका १७ वटा वडाहरूका सडक मार्ग हुँदै पुनः रंगशालामा आएर समापन हुनेछ।
विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणाअनुरूप पर्यटकीय शहर पोखरालाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्ने लक्ष्यका साथ पोखरा म्याराथनको आयोजना गरिएको भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष गुरुङले बताए।
" /> काठमाडौं। सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १५ औं संस्करण फागुन १ गते हुने भएको छ।आयोजक भूतपूर्व खेलाडी मञ्चले वर्षबाट महिलालाई सहभागिता गराउनका लागि २१ किलोमिटरको हाफ म्याराथनसमेत समावेश गरिएको जनाएको छ।

">