काठमाडौं। क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्टसले कोपा इटालिया सेमिफाइलनको पहिलो लेगमा इन्टर मिलनलाई २-१ ले पराजित गरेको छ।
इन्टरका अर्जेन्टिनी फरवार्ड लाउटारो मार्टिनेजले नवौं मिनेटमा निकोलो बरेलाको पासमा गोल गरेका थिए। बरेलाले दायाँ भागबाट गरेको क्रसमा मार्टिनेजले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार युभेन्टसका गोलकिपर जियानलुइगी बुफोनले बचाउन सकेनन्। सिनियर टिममा बुफोनको यो एघार सयौं खेल हो।
एस्ले योङले जुवान कोर्डाडोलाई फाउल गरेपछि युभेन्टसले पेनाल्टी अवसर पाएको थियो। जसलाई रोनाल्डोले कुनै गल्ती नगरी गोलमा परिणत गरे। पोर्चुगलका फरवार्ड रोनाल्डोले विपक्षी रक्षापंक्तिले गरेको गल्तीको फाइदा लिँदै ३५औं मिनेटमा गरेको गोल युभेन्टसको जितमा निर्णायक बन्यो।
नौ खेलाडीले पहेँलो कार्डको सामना गरेको खेलमा जितसँगै युभेन्टसले सिरी ‘ए’ मा २-० ले हारेको बदला लिन सफल भएको छ।
१३ पटक उपाधि जितेको युभेन्टसले अब दोस्रो लेग टुरिनमा मंगलबार खेल्नेछ।
" /> काठमाडौं। क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्टसले कोपा इटालिया सेमिफाइलनको पहिलो लेगमा इन्टर मिलनलाई २-१ ले पराजित गरेको छ।इन्टरका अर्जेन्टिनी फरवार्ड लाउटारो मार्टिनेजले नवौं मिनेटमा निकोलो बरेलाको पासमा गोल गरेका थिए। बरेलाले दायाँ भागबाट गरेको क्रसमा मार्टिनेजले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार युभेन्टसका गोलकिपर जियानलुइगी बुफोनले बचाउन सकेनन्। सिनियर टिममा बुफोनको यो एघार सयौं खेल हो।

">