काठमाडौं। म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा साउथह्याम्पटनमाथि कीर्तिमानी ९-० को फराकिलो विजय हासिल गरेको छ। नौ खेलाडीमा सीमित भएको साउथह्याम्पटन दोस्रोपटक यति फराकिलो अन्तरमा पराजित भएको हो।
पाहुना टोलीका एलेक्जेन्द्रे जानकेविट्जले दोस्रो मिनेटमै रातो कार्डको सामना गरेपछि साउथह्याम्पटन १० खेलाडीमा सीमित बनेको थियो। १० खेलाडीमा सीमित बनेपछि साउथह्याम्पटनमाथि युनाइटेड पूर्णरूपमा हाबी भएको थियो। साउथह्याम्पटन यसअघि अक्टोबर २०१९ मा लेस्टर सिटीसँग समान अन्तरमा पराजित भएको थियो।
प्रिमियर लिगमा ९-० को अन्तरमा कुनै पनि टिम पराजित भएको यो तेस्रोपटक हो। यसअघि युनाइटेडले नै १९९५ मा इप्सविच टाउनमाथि समान अन्तरको नतिजा निकालेको थियो।
एरोना वान-विसाकाले १८औं मिनेटमा गरेको गोलबाट युनाइटेडले अग्रता लिएको थियो। २५औं मिनेटमा मार्कुस राशफोर्डले अग्रता दोब्बर बनाए। ३९औं मिनेटमा इडिसन काभानीले अर्को गोल थपे। त्यसअघि साउथह्याम्पटनका जान बेडनरेकले आत्मघाती गोल गरेका थिए।
युनाइटेडले दोस्रो हाफको अन्तिम २१ मिनेटमा थप पाँच गोल थप्यो। पछिल्लो आठ खेलमा गोल गर्न असफल एन्थोनी मासियालले ६९औं मिनेटमा युनाइटेडको अग्रता बढाए। ७१औं मिनेटमा स्कट म्याकटोमिनीले अर्को गोल थपे।
८६औं मिनेटमा जान बेडनरेकले रातो कार्डको सामना गरेपछि साउथह्याम्पटन नौ खेलाडीमा सीमित बन्यो। ८७औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा अर्को गोल थपे। ९०औं मिनेटमा मार्सियालले व्यक्तिगत दोस्रो गोल थपे। इन्जुरी समयमा ड्यानियल जेम्सले अर्को गोल थपेपछि युनाइटेड कीर्तिमानी जित निकाल्न सफल भएको हो।
युनाइटेड क्लबको कीर्तिमानी जितबाट एक गोलले टाढा रह्यो। युनाइटेडले १९५६ मा एन्डरलेचलाई १०-० ले पराजित गरेको थियो। युनाइटेडले साउथह्याम्पटनमाथि होम र अवे दुवै खेलमा विजय हासिल गरेको २०१२/१३ पछि यो पहिलो पटक हो।
जितसँगै युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ। युनाइटेड र सिटीको समान ४४ अंक छ। तर सिटीले दुई खेल कम खेलेको छ। युनाइटेडभन्दा एक खेल कम खेलेर ४० अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ। साउथह्याम्पटन भने २९ अंकका साथ १२औं स्थानमा छ।
" /> काठमाडौं। म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा साउथह्याम्पटनमाथि कीर्तिमानी ९-० को फराकिलो विजय हासिल गरेको छ। नौ खेलाडीमा सीमित भएको साउथह्याम्पटन दोस्रोपटक यति फराकिलो अन्तरमा पराजित भएको हो।पाहुना टोलीका एलेक्जेन्द्रे जानकेविट्जले दोस्रो मिनेटमै रातो कार्डको सामना गरेपछि साउथह्याम्पटन १० खेलाडीमा सीमित बनेको थियो। १० खेलाडीमा सीमित बनेपछि साउथह्याम्पटनमाथि युनाइटेड पूर्णरूपमा हाबी भएको थियो। साउथह्याम्पटन यसअघि अक्टोबर २०१९ मा लेस्टर सिटीसँग समान अन्तरमा पराजित भएको थियो।

">