काठमाडौं। नेपालको टेबल टेनिस इतिहासमा लगातार आठ पटक राष्ट्रिय च्याम्पियन बनेको कीर्तिमान छ। र, त्यो कीर्तिमानी नाम हो, नविता श्रेष्ठ।
च्याम्पियन नविता। उनै नविताले आजबाट औपचारिक रूपमा आफ्नै एकेडेमीको सुरूआत गरेकी छिन्। एकेडेमीको नाम जुराएकी छिन्, च्याम्पियन टेबल टेनिस एकेडेमी।
नविताले पछिल्लो एक दशकभन्दा लामो समय महिला टेबल टेनिसमा एक छत्र राज गरेकी छिन्। र, यो अझ केही वर्ष लम्बिने देखिन्छ। किनकि उनको हाराहारीमा आउने अरू खेलाडी देखिएका छैनन्। नविता एकेडेमीमार्फत आफूभन्दा राम्रा खेलाडी जन्माउने अभियानमा होमिएकी छिन्। उनी भन्छिन्, “नवितालाई हराउने, स्यान्टु श्रेष्ठलाई हराउने प्रतिभावान खेलाडी जन्माउने लक्ष्यका साथ हामीले यो एकेडेमी खोलेका हौं। जो अन्तर्राष्ट्रिय वरीयताको शीर्ष १०० भित्र पर्न सकोस् भन्ने सोचका साथ अघि बढेका छौं।”
नविताको यो अभियानमा उनको प्रायोजक कम्पनी स्ट्याग इन्टरनेसनलले हातेमालो गरेको छ। टेबल टेनिसका खेलकुद सामग्री उत्पादन गर्ने कम्पनी स्ट्यागले नवितालाई जर्सी तथा अन्य सामानमा छुट दिएको छ। उक्त कम्पनीले नविताको एकेडेमीलाई सम्बन्धन दिएको छ। एकेडेमीलाई प्रदान गरेको सामग्रीमा छुट दिएको छ। त्यसबाहेक पनि नविताको एकेडेमीका प्रशिक्षार्थीहरूले स्ट्यागसँग समन्वय गरेका दुई सय दुई देशमध्ये कुनै पनि ठाउँमा गएर सिक्न पाउँछन्।
अहिले उनीहरूको परिवार नै खेलमय छ। राकेश प्रशिक्षक, नविता नम्बर वान। रोचक त के भने नवितालाई अहिले सबैभन्दा चुनौती दिने खेलाडी हुन्, एलिना। एलिना नविताकै नन्द हुन्। उनकी कान्छी नन्द एरिकाले पनि टेबल टेनिस नै खेल्थिन्। अहिले उनी खेलमा खासै सक्रिय छैनन्।
‘‘मेरो लागि यो धेरै ठूलो सहयोग हो,” नविताले सुनाइन्, “कम्पनीसँगको सम्झौताअनुसार वर्षको सातवटा अन्तर्राष्ट्रिय प्रशिक्षण तालिम लिनैपर्ने हुन्छ। जसले प्रशिक्षक विकास कार्यक्रमहरूमा पनि सहयोग गर्छ।”
च्याम्पियन एकेडेमीमा नविताबाहेक राकेश महर्जन र एलिना महर्जनले पनि प्रशिक्षण दिन्छन्। राकेश एकेडेमीका प्रमुख प्रशिक्षक हुन्। उनी आईटीटीएफ लेबल टु प्रशिक्षक हुन्। नविता र एलिना आईटीटीएफ लेबल वान प्रशिक्षक हुन्।

नवितालाई टेबल टेनिसमा ब्याट समाउन राकेशले सिकाएका हुन्। गुरू-चेलीको त्यो सम्बन्ध कतिबेला मायाप्रेममा बदलियो, उनीहरूले पत्तै पाएनन्। नौ वर्षसम्मको प्रेमसम्बन्धलाई उनीहरूले विवाहबन्धनमा परिणत गरे। वैवाहिक सम्बन्धले पनि आठौं वसन्त पार गरिसकेको छ।

“यहाँ बालबालिकालाई मात्र होइन। हामी सबै उमेर समूहलाई प्रशिक्षण दिन्छौं। सिकारूमात्र होइन व्यावसायिक खेलाडीलाई पनि प्रशिक्षण दिन सकिन्छ। हामीले विशुद्ध व्यावसायिक प्रायोजनका लागि एकेडेमी खोलेका होइनौं। जीवनको लामो समय टेबल टेनिसमा बितायौं। अब यसमै केही गरौं भनेर एकेडेमी सुरूआत गरेका हौं।”
टेबल टेनिसमा व्यक्तिगत लगानीमा सुरू भएको यो नेपालकै पहिलो एकेडेमी भएको नविताको दाबी छ। हुनत काठमाडौं र उपत्यकाबाहिर पनि निजी लगानीमा केही टेबल टेनिस क्लबहरू खुलेका छन्। तर, ती नितान्त व्यक्तिगत लगानी होइनन्। नविताले आफ्नै घर आडमा रहेको खाली स्थानलाई उपयोग गरेकी छिन्। एकेडेमीमा अहिले ११ जना बालबालिका आबद्ध भएका छन्। नविताका अनुसार एकेडेमीमा ३० जनालाई एकसाथ प्रशिक्षण गराउन सक्ने क्षमता छ।
“यहाँ बालबालिकालाई मात्र होइन। हामी सबै उमेर समूहलाई प्रशिक्षण दिन्छौं। सिकारूमात्र होइन व्यावसायिक खेलाडीलाई पनि प्रशिक्षण दिन सकिन्छ,” नविताले भनिन्, “हामीले विशुद्ध व्यावसायिक प्रायोजनका लागि एकेडेमी खोलेका होइनौं। जीवनको लामो समय टेबल टेनिसमा बितायौं। अब यसमै केही गरौं भनेर एकेडेमी सुरूआत गरेका हौं।”
नविता सुरूका दिनमा भने तेक्वान्दोकी खेलाडी थिइन्। काठमाडौंको डल्लुमा हुर्किएकी नविताले विजेश्वरी उच्च माविमा पढ्दा तेक्वान्दो र टेबल टेनिस दुवै सिकेकी थिइन्। तर, तेक्वान्दोभन्दा बढी उनलाई टेबल टेनिसकै टिकटक आवाजले तान्यो। आठ कक्षापछि त उनले तेक्वान्दो चटक्कै छोडिन् र टेबल टेनिसमै आफूलाई समर्पित गरिन्।

सानै उमेरमा नविताले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकी छिन्। २००६ मा कोलकाता, २००८ मा कराँची र २००९ मा भारतको जयपुरमा सम्पन्न जुनियर दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिपमा उनले युगल र टिममा गरी पाँच काश्य पदक जितेकी छिन्।
काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुदबाट भने उनको यात्रा जुनियरबाट सिनियरतर्फ लागेको हो। सिनियरतर्फको पहिलो प्रयासमै नविताले सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भएकी थिइन्। सेमिफाइनलमा उनी रीता प्रजापतिसँग हारिन्। खेल हारिन् तर हिम्मत हारिनन्। त्यहाँबाट सुरू भएको सिनियरतर्फको यात्रामा सफल पाउन उनले लामो समय कुर्नु परेन।

ढाकामा सम्पन्न ११औं दक्षिण एसियाली खेलकुद (साग)को छनोट प्रतियोगितामा उनी ‘नम्बर वान’ बन्न सफल भइन्। त्यही वर्ष विराटनगरमा सम्पन्न ३३औं राष्ट्रिय टेबल टेनिस च्याम्पियनसिप-२०६७ मा स्वर्ण जितिन्। त्यसपछि उनले फर्केर हेर्नुपरेको छैन। २८ वर्षीया नविता त्यसयता कुनै पनि घरेलु प्रतियोगितामा पराजित भएकी छैनन्।
उनले लगातार आठ पटक नेसनल च्याम्पियन बन्ने कीर्तिमान रचेकी छिन्। यसअघि सिजरिन शाहको नाममा सातपटक नेसनल च्याम्पियन बनेको कीर्तिमान थियो।
लगातार नेपाली टेबल टेनिसमा आफ्नो प्रभूत्व जमाउन सफल भएकी नविता इन्डोनेसिया, कोरिया, ग्रिस, जापान, चीन, फ्रान्स र मलेसियालगायत मुलुकमा सम्पन्न विश्व च्याम्पियनसिपमा सहभागी भइसकेकी छिन्।
" /> काठमाडौं। नेपालको टेबल टेनिस इतिहासमा लगातार आठ पटक राष्ट्रिय च्याम्पियन बनेको कीर्तिमान छ। र, त्यो कीर्तिमानी नाम हो, नविता श्रेष्ठ।च्याम्पियन नविता। उनै नविताले आजबाट औपचारिक रूपमा आफ्नै एकेडेमीको सुरूआत गरेकी छिन्। एकेडेमीको नाम जुराएकी छिन्, च्याम्पियन टेबल टेनिस एकेडेमी।

">