शर्मिलाको ह्याट्रिकमा त्रिभुवन आर्मीको फराकिलो जित

काठमाडौं। शर्मिला थापाको ह्याट्रिकप्रेरित त्रिभुवन आर्मीले क्लबले आज विराटनगर महानगरपलिकामाथि ७-० को फराकिलो नतिजा निकालेको छ। जितसँगै त्रिभुवन आर्मी क्लब महिला राष्ट्रिय फुटबल लिगको दोस्रो स्थानमा उक्लिएको छ।

त्रिभुवन आर्मीको यो तेस्रो जित हो। त्रिभुवन आर्मी क्लबले पाँच खेलबाट दश अंक जोडेको छ। विराटनगरको भने दोस्रो हार हो। विराटनगर सात अंकका साथ चौथो स्थानमा छ। एपीएफ १५ अंकका साथ शीर्ष स्थानमा छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा त्रिुभवन आर्मीले विमला चौधरीको गोलबाट ३६औं मिनेटमा अग्रता लिएको थियो। शर्मिलाले ४५औं मिनेटमा विभागीय टिमको अग्रता दोब्बर बनाइन्।

पहिलो हाफको इन्जुरीमा समयमा व्यक्तिगत दोस्रो गोल गरेकी शर्मिलाले ६१औं मिनेटमा ह्याट्रिक गरेकी हुन्।

रश्मी घिसिङले ६७औं मिनेटमा आर्मीको अग्रता बढाइन्। ७१औं मिनेटमा विमला विकले अर्को गोल थपिन्। खेल सकिन पाँच मिनेट बाँकी हुँदा विमलाले व्यक्तिगत दोस्रो गरेपछि त्रिभुवन आर्मीले फराकिलो जित दर्ता गर्‍यो।

नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको त्रिभुवन आर्मीले वालिङलाई ७-० र चन्द्रपुरलाई १०-० ले पराजित गरेको थियो। त्रिभुवन आर्मी एपीएफसँग भने २-० ले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्