काठमाडौं। कतारमा हुने भनिएको तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला नहुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले फेब्रुअरी ९ देखि १२ सम्म हुने भनिएको दुईदेशीय शृंखला रद्द भएको बताएका छन्।
“कतार सरकारको निर्णयबमोजिम कोभिड-१९ प्रोटोकललाई ध्यानमा राख्दै कतार स्पोर्ट्स डेमा हुने क्रिकेटसँगै अन्य सम्पूर्ण प्रतियोगिताहरू स्थगित भएको कतार क्रिकेट संघले आधिकारिक रूपमा जनाएको छ,” क्यानले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।
क्यानले गत शुक्रबार कतारविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि १८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको थियो। त्यसका लागि आजबाट बन्द प्रशिक्षण सुरू गर्ने भनिएको थियो।
तर, प्रतियोगिता स्थगित भएसँगै बन्द प्रशिक्षण पनि स्थगित भएको क्यानले जनाएको छ। क्यानको विज्ञप्तिमा भनिएको छ, “अर्को आधिकारिक सूचना नआएसम्म क्यानले उक्त प्रतियोगिताका लागि तय गरेको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण क्याम्पसमेत स्थगित भएको छ।”