काठमाडौं। घरेलु मैदान किंग पावर रंगशालामा लिड्स युनाइटेडलाई ३–१ को नतिजा सुम्पिएपछि लेस्टर सिटी इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा झरेको छ। गएराति सम्पन्न अर्को खेलमा टोटेनह्याम ब्राइटनसँग १–० ले पराजित भएको छ।
हार्बे बार्नसले जेम्स म्याडिसनको पासमा गरेको गोलबाट लेस्टरले १३औं मिनेटमा अग्रता लिएको थियो। १५औं मिनेटमा लिड्सका स्टुवार्ट डलासले प्याट्रिक बामफोर्डको पासमा बराबरी गोल फर्काए।
७०औं मिनेटमा राफिनाको पासमा बामफोर्ड आफैंले गोल गरेपछि लिड्सले पुनः अग्रता लियो। खेल सकिन ६ मिनेट बाँकी हुँदा बामफोर्डको पासमा ज्याक ह्यारिसनले अर्को गोल थपेपछि लिड्सको जित पक्का भएको हो।
पराजित भएपछि लेस्टर चौथो स्थानमा झरेको छ। लेस्टरले २१ खेलबाट ३९ अंक जोडेको छ। जुन तेस्रो स्थानको लिभरपुलभन्दा एक अंकले पछाडि हो भने शीर्ष स्थानको सिटी भन्दा पाँच अंकले पछाडि हो।
वेष्ट ह्याममाथि ३–१ को विजय हासिल गरेको लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको लिड्स २९ अंकका साथ १२औं स्थानमा छ।
गएराति नै सम्पन्न अर्को खेलमा जोजे माउरिन्होको टोटेनह्याम ब्राइटनसँग १–० ले पराजित भयो। ब्राइटनको जितमा लिएद्रो ट्रोसार्डले १७औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।
२० खेलबाट ३३ अंक जोडेको टोटेनह्याम छैटौं स्थानमा छ। ब्राइटन भने २१ अंकका साथ १७औं स्थानमा छ।
" /> काठमाडौं। घरेलु मैदान किंग पावर रंगशालामा लिड्स युनाइटेडलाई ३–१ को नतिजा सुम्पिएपछि लेस्टर सिटी इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा झरेको छ। गएराति सम्पन्न अर्को खेलमा टोटेनह्याम ब्राइटनसँग १–० ले पराजित भएको छ।हार्बे बार्नसले जेम्स म्याडिसनको पासमा गरेको गोलबाट लेस्टरले १३औं मिनेटमा अग्रता लिएको थियो। १५औं मिनेटमा लिड्सका स्टुवार्ट डलासले प्याट्रिक बामफोर्डको पासमा बराबरी गोल फर्काए।

">