काठमाडौं। लियोनल मेस्सीले ६५० औं गोल गरेको दिन बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा एथलेटिक विल्बाओलाई २–१ ले पराजित गरेको छ। जितसँगै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ।
मेस्सीले फ्रिकिकमा गरेको गोलबाट बार्सिलोनाले २०औं मिनेटमा अग्रता लिएको थियो। एथ्लेटिकोका पाँच खेलाडी वाल बसेका थिए। एक जना भुँईमा सुतेका थिए। त्यसका बाबजुद मेस्सीले फ्रिकिकमा दर्शनीय गोल गरे। क्लबका लागि मेस्सीले फ्रिकिकमा गोल गरेको यो ४९औं पटक हो।
जोर्डी अल्बाले ४९औं मिनेटमा गरेको आत्मघाती गोलबाट एथलेटिकोले बराबरी गर्यो। तर एन्टोइन ग्रिजमनले ओस्कर मिनुएजाको पासमा अर्को गोल थपेपछि बार्सिलोनाले जित पक्का भएको थियो।
जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोना र रियाल मड्रिडको समान ४० अंक भए पनि गोलअन्तरमा बार्सिलोना दोस्रो स्थानमा रहेको हो।
रियाल शनिबारराति लेभान्टेसँग पराजित भएको थियो। एट्लेटिको मड्रिड ५० अंकका साथ शीर्ष स्थानमा छ। एट्लेटिकोले अझ एक खेल कम खेलेको छ।
रोनाल्ड कोम्यानको बार्सिलोनाले सिजनमा खराब सुरुआत गरेको थियो। तर पछिल्लो दश खेलमा बार्सिलोनाले दुई खेल बराबरी खेलेको छ भने आठ खेल जितेको छ।
बार्सिलोना खेल हुनुअघि क्लब र मेस्सीबीचको सम्झौता बाहिरिएको थियो। एल मुन्डो पत्रिकाले क्बल र मेस्सीबीच ४९ करोड २० लाख पाउण्ड बराबरको सम्झौता बाहिर ल्याएको थियो। बार्सिलोनाले एल मुन्डो पत्रिकाविरुद्ध कानुनी कारबाहीमा जाने योजना बनाएको छ।