काठमाडौं। बायर्न म्युनिखले गएराति जर्मन बुन्डेसलिगामा होफेनहेइममाथि ४–१ को सहज नतिजा निकालेको छ। जितसँगै बायर्नले शीर्ष स्थानमा सात अंकको अग्रता लिएको छ।
युरोपियन विजेता बायर्नले जेरोमी बोटाङको गोलबाट ३२औं मिनेटमा अग्रता लिएको थियो। ४३औं मिनेटमा थोमस मुलरले अग्रता दोब्बर बनाए। ५७औं मिनेटमा रोबर्ट लेवानडोस्कीले तेस्रो गोल गरे। लेवानडोस्कीले मुलरको गोलमा पनि अवसर सिर्जना गरिदिएका थिए। जारी सिजन लेवानडोस्कीको यो २४औं गोल हो।
६३औं मिनेटमा सर्ज गेनाब्रीले चौथो गोल थपे। ४४औं मिनेटमा एन्ड्रेज क्रामारिकले गरेको गोल होफेनहेइमका लाग सान्त्वना बन्यो।
जितसँगै बायर्नले १९ खेलबाट ४५ अंक जोेडेको छ। जुन दोस्रो स्थानमो आरबी लेइपजिगभन्दा सात अंक बढी हो । समान खेलबाट लेइपजिगले ३८ अंक जोडेको छ। लेइपजिगले गएराति बायर लेभरकुसेनलाई १–० ले पराजित गरेको हो। हारपछि लेभरकुसेन चौथो स्थानमा झरेको छ।
हेर्था बर्लिनमाथि ३–१ को विजय हासिल गरेको फ्रांकफर्ट तेस्रो स्थानमा उक्लिएको छ। फ्रांकफर्टले ३३ अंक जोडेको छ। बोरुसिया डर्टमण्ड पाँचौं स्थानमा उक्लिएको छ। डर्टमण्डले औसबर्गलाई ३–१ ले पराजित गरेको थियो।
लेभरकुसेन, डर्टमण्ड, उल्फ्सबर्ग र बोरुसिया मोन्चेनग्लाडबचको समान ३२ अंक छ। मोन्चेनग्लाडबचले युनियन बर्लिनसँग १–१ को बराबरी खेलेको थियो।