काठमाडौं। पोखरामा हुने आहा-रारा गोल्ड कप फुटबल प्रतियोगिताको १९औं संस्करण चैत १७ गतेबाट हुने भएको छ।
आयोजक सहारा क्लबले प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघबाट समय तालिका प्राप्त भएको क्लवका अध्यक्ष केशवबहादुर थापाले बताए।
चैत २८ गतेसम्म हुने प्रतियोगितामा विदेशी टीम, ए डिभिजन लिगका क्लब, मोफसलका टीम र आयोजक सहारा क्लब पोखरासहित १२ टीम सहभागी हुने सहाराका अध्यक्ष थापाले बताए।
२०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित सहारा क्लब पोखराले प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा रहेका वालवालिकाहरूको भरणपोषणमा खर्च गर्दै आएको छ।
प्रतियोगिताको पहिलो संस्करणदेखि नै मुख्य प्रायोजन हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ। १९औं संस्करणमा पनि आहा रारा चाउचाउ नै मुख्य प्रायोजक रहेको सहाराले जनाएको छ।
क्याराभान गोल्ड कपसहित २० वर्षदेखि यो प्रतियोगिता निरन्तर सञ्चालन हुँदै आएको छ। आयोजक सहारा क्लबको एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालक आश्रित छन्।
" /> काठमाडौं। पोखरामा हुने आहा-रारा गोल्ड कप फुटबल प्रतियोगिताको १९औं संस्करण चैत १७ गतेबाट हुने भएको छ।आयोजक सहारा क्लबले प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघबाट समय तालिका प्राप्त भएको क्लवका अध्यक्ष केशवबहादुर थापाले बताए।

">