काठमाडौं। हरि चौहानले अर्धशतक बनाउनुका साथै बिक्रम सोब र शाहब आलमले तल्लो क्रमका ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाएपछि त्रिभुवन आर्मी क्लबले आज सशत्र प्रहरी बल (एपीएफ)लाई ३३ रनले पराजित गर्दै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
लगातार चौथोपटक प्रतियोगिताको फाइनल खेलेको आर्मीले एकल रूपमा उपाधि जितेको यो पहिलोपटक हो। यसअघि त्रिभुवन आर्मीले पहिलो संस्करणमा नेपाल पुलिस क्लबसँग संयुक्त रूपमा उपाधि उचालेको थियो। एपीएफले भने दोस्रो संस्करणमा त्रिभुवन आर्मीलाई नै पराजित गर्दै उपाधि जितेको थियो। आज त्रिभुवन आर्मी उक्त हारको बदला लिन सफल भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ११ रन बनाएको थियो। दुई सय १२ रनको लक्ष्य पछ्याएको एपीएफले ४१.३ ओभरमा एक सय ७८ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
दुई सय १२ रनको लक्ष्य पछ्याउने क्रममा एपीएफका आसिफ शेखले महत्वपूर्ण इनिङ खेले पनि टीमलाई जिताउन भने सकेनन्। आसिफले पहिलो विकेटका लागि सुवास खकुरेलसँग २१ रनको साझेदारी गरेका थिए। त्यसपछि त्रिभुवन आर्मीका जितेन्द्र मुखियाले चौथो ओभरमा लगातार दुई विकेट लिए। सुवास १४ र कप्तान शरद भेषावकर शुन्यमा आउट भए।
त्यसपछि पनि आसिफले एपीएफको इनिङ सम्हाले। आसिफले शंकर रानासँग तेस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे। शंकर २१ रन बनाएर आउट भए। शंकर पवेलियन फर्किएपछि आसिफलाई सुमित महर्जनले साथ दिए। आसिफ र सुमितले चौथो विकेटका लागि २५ रनको साझेदारी गरे।
२६.१ ओभरमा आसिफ ६१ रन बनाएर आउट भए। आसिफ आउट हुँदा एपीएफ ११७/४ को स्थितिमा थियो।
त्यसपछि बिक्रम र शाहब मिलेर ६ विकेट लिएपछि खेल त्रिभुवन आर्मीको पक्षमा गएको थियो। बिक्रमले १९ रन बनाएका सुमितलाई हरिमार्फत क्याच गरे। लगत्तै विक्रमले भुवन कार्कीलाई पनि पवेलियनको बाटो देखाए। भुवनले ९ रन बनाए। बिक्रमले सन्दीप जोरालाई पनि हरिमार्फत क्याच गरे।
सुसन भारीले अमर राउटेलालाई एलबीडब्लू आउट गरे। त्यसपछि साहबले कमलसिंह ऐरी र अबिनास बोहरालाई आउट गरेपछि त्रिभुवन आर्मीले जित पक्का गरेको थियो।
त्यसअघि पहिले ब्याटिङमा गरेको त्रिभुवन आर्मीले मध्यम सुरूवात गरेको थियो। किशोर महतो र अबिनाश बोहोराले लगातार दुई विकेट लिएपछि आर्मी दबाबमा पर्यो। सुशन भारी १३ र अनिलकुमार मण्डल ११ रन बनाएर आउट भए। लगत्तै भिम सार्की सात रन बनाएर आउट भए।
हरि चौहान र रोहितकुमार पौडेलले त्रिभुवन आर्मीको इनिङ सम्हाल्ने प्रयास गरे। दुईजनाले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरे। रोहितकुमार १३ रन बनाएर आउट भए। त्यसपछि हरिले कप्तान बिनोद भण्डारीसँग पाँचौं विकेटका लागि १९ रनको साझेदारी गरे। बिनोद सात रन बनाएर आउट भए।
बिनोद आउट भएपछि हरिले राजेश पुलामीमगरसँग छैटौं विकेटका लागि ४४ रनको साझेदारी गरे। राजेश २८ रन बनाएर आउट भए। लोकेश बमले १५ रन बनाए। बिक्रम सोबले ११ र शाहब आलमले २५ रन बनाए।
एपीएफका लागि अबिनाश बोहोराले चार विकेट लिए। अविनाशले १० ओभरमा दुई मेडनसहित २५ रन दिएर चार विकेट लिए। किशोर महतोले दुई विकेट लिए। कमलसिंह ऐरि, शरद भेषावकर, भुवन कार्कीको नाम एक/एक विकेट रह्यो।
" /> काठमाडौं। हरि चौहानले अर्धशतक बनाउनुका साथै बिक्रम सोब र शाहब आलमले तल्लो क्रमका ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाएपछि त्रिभुवन आर्मी क्लबले आज सशत्र प्रहरी बल (एपीएफ)लाई ३३ रनले पराजित गर्दै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।लगातार चौथोपटक प्रतियोगिताको फाइनल खेलेको आर्मीले एकल रूपमा उपाधि जितेको यो पहिलोपटक हो। यसअघि त्रिभुवन आर्मीले पहिलो संस्करणमा नेपाल पुलिस क्लबसँग संयुक्त रूपमा उपाधि उचालेको थियो। एपीएफले भने दोस्रो संस्करणमा त्रिभुवन आर्मीलाई नै पराजित गर्दै उपाधि जितेको थियो। आज त्रिभुवन आर्मी उक्त हारको बदला लिन सफल भएको छ।

">