काठमाडौं। वर्षाले खेल प्रभावित बनेपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको पहिलो संस्करणमा नेपाल पुलिस क्लबसँग संयुक्तरूपमा उपाधि उचालेको थियो।
असार अन्तिम साता नेपाल पुलिस क्लबले ४५.१ ओभरमा सबै विकेट गुमाएर एक सय २६ रन बनाएको थियो। २.३ ओभरमा त्रिभुवन आर्मीले एक विकेट गुमाएर सात रन बनाएको स्थितिमा वर्षाले खेल अवरूद्ध गर्यो। वर्षा नरोकिएपछि साँझ त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले संयुक्तरूपमा उपाधि बाँडेका थिए।
त्यसपछि त्रिभुवन आर्मी क्लबले निरन्तर तीन संस्करण प्रतियोगिताको फाइनल खेले पनि उपाधि जित्न सकेको छैन। आज फेरि आर्मीले अर्को एउटा फाइनल खेल्दै छ। प्रतिद्वन्द्वी पाएको छ, एपीएफ।
एपीएफ त्यही टिम हो जसले दोस्रो संस्करणको फाइनलमा आर्मीलाई हराउँदै उपाधि जितेको थियो। आज कीर्तिपुरस्थित त्रिवि मैदानमा फेरि त्यही झल्को दोहरिनेछ।
‘‘विगतका कुरामा अल्झेर काम छैन। जित्नै सकिँदैन भनेर खेल्यो भने कहिले पनि जितिँदैन। अहिले टिममा भएका कुनै पनि खेलाडीको मस्तिष्कमा त्यो कुरा छैन होला। त्यसैले विगत बिर्सेर भविष्य बनाउन खेल्ने हो।’’
जारी संस्करणमा पनि एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो। समूह ‘ए’ को अन्तिम खेलमा एपीएफले त्रिभुवन आर्मीलाई छ रनले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो।
त्रिभुवन आर्मीका कप्तान विनोद भण्डारी विगतको तीतो यथार्थलाई भुल्दै आज पहिलोपटक एकल उपाधि जित्नेमा विश्वस्त छन्।
‘‘विगतका कुरामा अल्झेर काम छैन। जित्नै सकिँदैन भनेर खेल्यो भने कहिले पनि जितिँदैन,’’ उनले भने, ‘‘अहिले टिममा भएका कुनै पनि खेलाडीको मस्तिष्कमा त्यो कुरा छैन होला। त्यसैले विगत बिर्सेर भविष्य बनाउन खेल्ने हो।’’
लगातार चार संस्करणको फाइनल खेल्ने त्रिभुवन आर्मी एक्लो टिम हो। यस पटक महत्त्वपूर्ण तीन खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्ल टिममा छैनन्। तर पनि आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाउन सफल भएको छ।
त्रिभुवन आर्मीले प्रधानमन्त्री कपमा एपीएफलाई सन् २०१८ मा समूह चरणको खेलमा ७० रनले पराजित गरेको थियो। तर सोही संस्करणको फाइनलमा भने एपीएफलाई छ विकेटको नतिजा सुम्पिएको थियो।
‘‘कुनै एक खेलाडीले राम्रो प्रदर्शन गर्नुभन्दा पनि हामीले टिम गेमबाट नतिजा निकालिरहेका छौं। चुनौतीपूर्ण अवस्थामा पनि टिमले राम्रो नतिजा निकाल्दै यहाँसम्म आइपुगेका छौं। आशा छ फाइनलमा पनि त्यही प्रदर्शन गर्दै राम्रो नतिजा निकाल्नेछौं।’’
एपीएफ जारी संस्करणमा फाइनलसम्मको यात्रा तय गर्दा सबै खेल जित्ने एक्लो टिम हो। उपाधि जितेमा अपराजित रहँदै उपाधि जित्नेछ। एपीएफका कप्तान शरद भेषावकर पनि दोस्रो पटक उपाधि जित्नेमा ढुक्क छन्।
‘‘कुनै एक खेलाडीले राम्रो प्रदर्शन गर्नुभन्दा पनि हामीले टिम गेमबाट नतिजा निकालिरहेका छौं। चुनौतीपूर्ण अवस्थामा पनि टिमले राम्रो नतिजा निकाल्दै यहाँसम्म आइपुगेका छौं,’’ एपीएफका कप्तान शरदले भने, ‘‘आशा छ फाइनलमा पनि त्यही प्रदर्शन गर्दै राम्रो नतिजा निकाल्नेछौं।’’
एपीएफले अन्तिम चारमा साविक विजेता नेपाल पुलिस क्लबलाई ३० रनले हराएर उपाधि भिडन्त पक्का गरेको थियो। त्रिभुवन आर्मीले भने बागमती प्रदेशलाई ९४ रनले हराएर एपीएफसँगको भेट पक्का गरेको हो।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रूपैयाँ नगद पुरस्कार जित्नेछन्। अन्तिम चार स्थान बनाएका टिमले पनि समान ५० हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार रूपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५ हजार रूपैयाँ नगद पाउनेछन्।
" /> काठमाडौं। वर्षाले खेल प्रभावित बनेपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको पहिलो संस्करणमा नेपाल पुलिस क्लबसँग संयुक्तरूपमा उपाधि उचालेको थियो।असार अन्तिम साता नेपाल पुलिस क्लबले ४५.१ ओभरमा सबै विकेट गुमाएर एक सय २६ रन बनाएको थियो। २.३ ओभरमा त्रिभुवन आर्मीले एक विकेट गुमाएर सात रन बनाएको स्थितिमा वर्षाले खेल अवरूद्ध गर्यो। वर्षा नरोकिएपछि साँझ त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले संयुक्तरूपमा उपाधि बाँडेका थिए।

">