काठमाडौं। रश्मी घिसिङ र शर्मिला थापाको ह्याट्रिकप्रेरित त्रिभुवन आर्मी क्लबले आज राष्ट्रिय महिला फुटबल लिगमा रौतहटको चन्द्रपुर नगरपालिकालाई १०-० ले पराजित गरेको छ।
त्रिभुवन आर्मीलाई फराकिलो जित दिलाउनेक्रममा रश्मी र शर्मिलाले समान चार/चार गोल गरे भने विमला चौधरी र सपना लामाले एक/एक गोल गरे।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा विमलाको गोलबाट त्रिभुवन आर्मीले तेस्रो मिनेटमा अग्रता लिएको थियो। शर्मिलाले १५औं मिनेटमा अग्रता दोब्बर बनाइन्।
३५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी शर्मिलाले ५१औं मिनेटमा ह्याट्रिक गरिन्।
रश्मीले ५९औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरिन्। त्यसको तीन मिनेट बित्न नपाउँदै दोस्रो गोल थपेकी रश्मीले ६६औं मिनेटमा ह्याट्रिक गरिन्। खेल सकिन चार मिनेट बाँकी हुँदा रश्मीले व्यक्तिगत चौथो गोल थपिन्। त्यसअघि ६४औं मिनेटमा शर्मिलाले व्यक्तिगत चौथो गोल गरेकी थिइन्।
फराकिलो जितसँगै त्रिभुवन आर्मी क्लब लिगको दोस्रो स्थानमा उक्लिएको छ। त्रिभुवन आर्मीले चार खेलबाट सात अंक जोडेको छ। आर्मीको यो दोस्रो जित हो। यसअघि आर्मीले वालिङ नगरपालिकालाई ७-० ले हराएको थियो। पहिलो खेलमा नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको त्रिभुवन आर्मी क्लब एपीएफसँग भने २-० ले पराजित भएको थियो।
त्रिभुवन आर्मीले चार खेलबाट सात अंक जोडेको छ। एपीएफ १२ अंकका साथ शीर्ष स्थानमा छ। समान पाँच अंक जोडेका नेपाल पुलिस क्लब र वालिङ क्रमशः तेस्रो र चौथो स्थानमा छन्। चार खेलबाट तीन अंक जोडेको चन्द्रपुर भने पुछारबाट दोस्रो स्थानमा छ।
" /> काठमाडौं। रश्मी घिसिङ र शर्मिला थापाको ह्याट्रिकप्रेरित त्रिभुवन आर्मी क्लबले आज राष्ट्रिय महिला फुटबल लिगमा रौतहटको चन्द्रपुर नगरपालिकालाई १०-० ले पराजित गरेको छ।ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा विमलाको गोलबाट त्रिभुवन आर्मीले तेस्रो मिनेटमा अग्रता लिएको थियो। शर्मिलाले १५औं मिनेटमा अग्रता दोब्बर बनाइन्।

">